इलाममा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि

इलाम : पछिल्लो २४ घण्टामा इलाममा ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय इलामका अनुसार इलाम नगरपालिकामा ६ जना,सन्दकपुर गाउँपालिकामा १५ जना,माई नगरपालिकामा १० जना र चुलाचुली गाउँपालिकामा १ जना गरी जिल्लाभर ३२ जनामा संक्रमण पुष्टि भएको हो ।

आज थपिएका सहित जिल्लामा कुल संक्रमितको संख्या ३८१९ पुगेको छ । यस्तै आज १२९ जना निको भएसंगै २८७३ जना संक्रमणमुक्त भएका छन् ।आज थप एक जना संक्रमितको ज्यान गएको छ ।चुलाचुली गाउँपालिका वडा नम्बर २ का ७२ बर्षीय पुरुषको ज्यान गएको हो । यो सहित जिल्लामा संक्रमणबाट ज्यान गुमाउनेको संख्या ८७ पुगेको छ ।आजको संक्रमणदर ३० प्रतिशत रहेको उल्लेख छ

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार