भोजपुरमा परियोजना सञ्चालनका लागी नीति तथा कार्यक्रम कार्यान्वयन समन्वय बैठक सम्पन्न


भोजपुर : प्रधानमन्त्री कृषि आधुनीकिकरण परियोजना कार्यान्वयन एकाई संखुवासभा अन्र्तगत कार्यक्षेत्र संखुवासभा र भोजपुर रहेको परियोजना एकाइले भोजपुरमा नीति तथा कार्यक्रम कार्यान्वयनका लागि समन्वय बैठक सम्पन्न गरेको छ । यस आर्थीक वर्षमा परियोजना अन्र्तगत जिल्लामा सञ्चालन हुने कार्यक्रमका बारेमा जानकारी दिने उदेश्यले कार्यक्रम सञ्चालन गरीएको भोजपुरका प्रमुख डोमी चौधरीले जनाए ।

उक्त कार्यक्रममा परियोजना कार्यन्वयन एकाई संखुवासभाका प्रमुख लक्ष्य बहादुर चौधरीले व्यवसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र विकास कार्यक्रम, नयाँ जोन क्षेत्र छनौट प्रकृया, जोन क्षेत्र छनौट तथा विस्तार प्रकृया, जिल्ला परियोजना कार्यान्वयन समन्वय तथा अनुगमन समितिको भूमीका, परियोजना कार्यन्वयन एकाई संखुवासभाबाट कार्यन्वयन भएका क्रियाकलापहरु लगायत आगामी आर्थीक बर्षमा कार्यक्रम सञ्चालन हुने क्षेत्र तथा लागतका बारेमा जनाए । उनका अनुसार जिल्लामा यस आर्थीक वर्षमा ४ सय हेक्टरमा सुन्तलाजात फलफुल जोन कार्यक्रम सञ्चालन हुनेछ भने आगामी बर्षमा जोन क्षेत्र विस्तार गर्दै लगीनेछ ।

जिल्ला समन्वय प्रमुख लक्ष्मण खड्काको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न कार्यालयका प्रमुख, उद्योग बाणिज्य संघ, सरोकारवाला, पत्रकार लगायतको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार