आँखामा लेन्स लगाएका प्रधानमन्त्री देउवाको तस्बिरमा चस्मा

काठमाडौं : समयको चापलाई बुझ्न नसकेको भनेर सरकारी संयन्त्रको व्यापक आलोचना हुने गर्छ । पाँचौ पटक प्रधानमन्त्री भएका प्रधानमन्त्री शेरबहादुर देउवा उमेरले ७६ पुग्नुभयो । तर उहाँले सम्हालेका अधिकांश मन्त्रालय, देशैभरिका सरकारी अधिकारी, जनप्रतिनिधिका कार्यालयमा उहाँ गृहमन्त्री हुँदाताकाका फोटो टाँगिएका छन् । यसबाट पनि सरकारी संयन्त्रको कार्यशैली प्रष्ट हुन्छ ।

सरकार विस्तार ढिला हुँदा यतिबेला शेरबहादुर देउवाले १८ मन्त्रालयको नेतृत्व गरिरहनु भएको छ । मन्त्रीको हैसियतले ती सबै मन्त्रालयमा कतै फोटो राखिएको छ त कतै मन्त्रालयले विभागीय मन्त्री नै चिन्दैन । कतै उहाँको पुरानो फोटो राखिएको छ । वेबसाईट अपडेट नभएका मन्त्रालय पनि उत्तिक्कै छन् । आँखामा लेन्स लगाएपछि वर्षौंदेखि उहाँले चस्मा लगाउन छोड्नु भएको छ ।

तर चस्मा लगाएको वर्षौंअघिका फोटो मन्त्रालयका पेजमा राखिएको छ । यस्तो हुनुमा दोषी को त ? सञ्चारकर्मका दृष्टिले यसको के अर्थ लाग्छ ?
कतै फोटो नराख्ने कतै पुरानो राख्ने । त्यो गर्दा मन्त्रालयले आधिकारीकता नै नबुझेको जस्तो हुन्छ । सानो कुरामा नै ध्यान नदिदा त्यसले ठुलो असार पार्न सक्ने वरिष्ठ पत्रकार कुन्दन अर्याल बताउनुहुन्छ ।

खानेपानी, महिला तथा बालबालिक, वन तथा वातावरण, श्रम तथा रोजगार मन्त्रालयमा उहाँको नामोनिशान छैन । अरु ११ मन्त्रालयमा त्यही पुरानो फोटो राखेर झारा टार्ने काम गरिएको छ । हेर्नुस मन्त्रालयको वेबसाईटको अवस्था यो हालतमा छ ।

प्रधानमन्त्रीलाई सफल बनाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा तीन सय कर्मचारी छन । मुख्यसचिव बाहेक अरु विशिष्ट श्रेणीका चार सचिव छन् । प्रधानमन्त्रीको सचिवालय र निजी निवास व्यवस्थापनमा थुप्रै सरकारी कर्मचारी छन् ।

सयौं संख्यामा सेना, प्रहरी, राष्ट्रिय अनुसन्धानका जनशक्ति छन् । यति हुँदाहुँदै पनि यति साना गल्ती किन दोहोरिन्छन ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार