माङसेबुङमा कोरोनाबाट ज्यान गुमाएका परिवारलाई ३५ हजार राहत

  नयाँ बुलन्द  854 पटक हेरिएको

कोरोनाबाट ज्यान गुमाएका परिवारलाई राहत रकम उपलब्ध गराउँदै माङसेबुङ गाउँपालिका अध्यक्ष डिकेन्द्र इदिङ्गो । तस्वीर : डम्बर लोरिन्देनको फेेसबुकबाट

माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिकाले कोरोना संक्रमणबाट ज्यान गुमाएका परिवारलाई ३५ हजारका दरले राहत उपलब्ध गराएको छ ।

गाउँपालिका अध्यक्ष डिकेन्द्र इदिङ्गोको नेतृत्वमा कर्मचारीको समूहले मृतकको घरघरमा पुगेर परिवारलाई राहत उपलब्ध गराएको हो ।

गाउँपालिकाले कोरोनाबाट हालसम्म सदस्य गुमाएका ६ जनाको परिवारलाई राहत उपलब्ध गराएको छ । मृतकका परिवारलाई अध्यक्ष इदिङ्गोले प्रतिपरिवार ३५ हजारका दरले २ लाख १० हजार रुपैयाँ उपलब्ध गराएको हो ।

कोरोनाबाट ज्यान गुमाएका माङसेबुङ ३ का बलकबहादुर लावती र कृष्णबहादुर लिम्बू, माङसेबुङ ५ का धनमाया साङपाङ राई, टेकबहादुर लावती र लक्ष्मीमाया लावती एवम् माङसेबुङ ६ का मनराज राईको परिवारलाई राहत उपलब्ध गराएको हो ।

माङसेबुङ गाउँपालिकाको विपद् व्यवस्थापन कोष सञ्चालन समितिको २५ असारको बैठकले गाउँपालिकाभित्र कोरोना संक्रमणबाट परिवार तथा सदस्य गुमाएको परिवारलाई राहतस्वरूप ३५ हजार उपलब्ध गराउने निर्णय गरेको थियो ।

सोही निर्णयअनुसार घरघरमा नै पुगेर राहत उपलब्ध गराइएको गाउँपालिका अध्यक्ष इदिङ्गोले बताए ।

कोरोनाबाट ज्यान गुमाएका परिवारलाई राहत रकम उपलब्ध गराउँदै माङसेबुङ गाउँपालिका अध्यक्ष डिकेन्द्र इदिङ्गो । तस्वीर : डम्बर लोरिन्देनको फेेसबुकबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार