पाँचथरमा पहिरोले पुरेर ५७ वर्षिय एक पुरुषको निधन

  नयाँ बुलन्द
707 Shares

 

पाँचथर : याङवरक गाउँपालिका २ फलैंचामा सोमबार विहान पहिरोमा परि एक जनाको निधन भएको छ ।

साविक फलैंचा २ नेखेवा बस्ने ५७ वर्षिय टेकनाथ धौरालीको विहान ६:३० बजे पहिरोले पुरेर निधन भएको स्थानीय अन्जु नेपालीले जानकारी दिइन् ।
घटनामा परि एक जनाको हात समेत भाँचिएको छ भने अन्य दुईजना घाइते भएको बताइएको छ ।

घटना स्थलमा प्रहरी र स्थानीयले उद्धार गरिरहेका छन् । घटनाबारे अन्य विवरण आउन बाँकी रहेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार