आन्तरिक उडान खुलाउन माग

  नयाँ बुलन्द
14 Shares

आन्तरिक उडान खुलाउन माग

वायुसेवा सञ्चालकको छाता संगठन वायुसेवा सञ्चालक संघ नेपालले हवाई उडान खुलाउन माग गरेको छ । एक साताअघि कोरोनाविरुद्ध सम्पूर्ण मापदण्ड पालना गरी हवाई उडान सञ्चालन गर्न सम्बन्धित मन्त्रालय तथा सरकारसँग अनुरोध गरिएको उल्लेख गर्दै पुनः एक पक्ष निर्णय गरी एक साताको लकडाउन थपिएको संघले जनाएको छ ।

असार ७ गतेसम्म, विज्ञको रायसहित पर्यटन, हवाई, उद्योग, कलकारखाना तथा नेपाल उद्योग वाणिज्य संघका प्रतिनिधि पनि सहभागी गराई निर्णय लिन सके सबैंकोे भलाइ हुने संघको भनाइ छ । लकडाउन मात्र प्रमुख औजारका रूपमा प्रयोग गरिएको भन्दै लकडाउनका नकारात्मक पक्ष पनि केलाउनुपर्ने संघले जनाएको छ । संघले १० औं लाखलाई रोजगारी प्रदान गरेका होटल, पर्यटन, यातायात तथा हवाई क्षेत्रले अर्बौको राजस्व मात्रै गुमेको नभई हरेकको आम्दानी तथा रोजीरोटीमा व्यापक असर परेको गुनासोसमेत गरेको छ ।

संघका अनुसार लकडाउन निषेधाज्ञाबीच पनि छिमेकी मुलुक तथा संसारैभर आन्तरिक उडान बन्द गरिएको छैन । अन्तर्राष्ट्रिय अनुसन्धानले पनि हवाई यात्रा संक्रमणरहित रहेको प्रमाणित गरिसकेको सन्दभमा सुरक्षित तथा संक्रमणरहित उडानका लागि संघले प्रतिबद्ध जनाएको छ । कोरोनाविरुद्ध तालिमप्राप्त जनशक्ति तथा हरेक उडान पूर्व-जहाजको संक्रमणरहित सरसफाइ, मास्क तथा फेसशिल्डको अनिवार्य प्रयोगले हवाई उडान सहज र सम्भव भएको भन्दै संघले यथाशीघ्र आन्तरिक हवाई उडान सञ्चालनका लागि सम्पूर्ण सरोकारवाला निकायसहित सरकारसँग माग गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार