इलामका जनताको गुनासो : महामारीमा नेता जिल्ला आएनन्

  नयाँ बुलन्द
21 Shares

इलाम : निर्वाचनका ताका समृद्ध र समुन्नत देशकोे सपना बोकेका इलामेली जनता कोरोना भाइरसको महामारीले सिर्जित हालको अवस्थामा सरकार भने कुर्शी तानातानमा ब्यस्त देखिदा नागरिक निरास देखिएका छन । कोरोनाको माहामारिले सबैलाई गाजिरहेको बेलामा देशलाई नेत्रित्व गर्ने नेताहरु भने सत्ता र पदका लागि एकआपसको आरोप प्रत्यारोप गरिरहेको परिदृश्यले इलामेली नागरिकलाई झनै निरास तुल्याएको हो ।

कोरोना भाइरसको महामारीले सिर्जित यो बिशम परिस्थितीमा नपिरोलिने इलामका नागरिक सायदै कमै होलान् । कोरोनाको महामारी नियन्त्रण तथा रोकथामका लागि जिल्लामा बन्दाबन्दी भएसँगै मानिसको दैनिकीमा परिवर्तन भएको छ ।

कोरोना भाइरसका कारण इलाम पनि नराम्ररी प्रभाबित बनेको छ । २५ बढि नागरिकले ज्यान गुमाई सकेका छन् । सयौ नागरिक कोरोना भाइरसलाई प्ररास्त गर्न लडाई लडिरहेका छन् भने लडाइमा अभिभावक पनि खोजिरहेका छन तर अभिभावकहरु भने तछाड मछाड गर्दै सत्ता र कुर्सी खोजिरहेका छन । यो समय त सत्ता र कुर्सी टिकाउने भन्दापनी विरामी जनताहरुलाई मलम पट्टि लगाउने र सबैको पहुचमा कोरोनाको खोप पुर्याउने समय भएको भए पनि सरकारले भने काम कुरो एता तिर कुम्लो बोकी ठिमि तिर भने झै भनाइको आभास गराइरहेको इलामेलीहरुको भनाई छ  । उनिहरु यस्तो माहामारीमा एक पटक पनि आफ्नो निर्बाचन क्षेत्रमा नआउदा नागरिकहरुमा निरासा पैदा भएको छ ।

अहिले मात्र नभएर लामो समय देखी राष्ट्रिय राजनितिलाई इलामेलीले नजिकै बाट नियालीरहेका छन् किनकी इलामबाट दुबै निर्बाचन क्षेत्रमा एमालेका नेताहरुले प्रतिनिधित्व गरिरहेका छन् । त्यो पनी देशलाई नेतृत्ब गर्ने गरी ।  इलामको क्षेत्र नं १ बाट झलनाथ खनाल, क्षेत्र नं २ बाट सुवास नेम्बाङ रहेका छन । खनाल लगातार पाँचपटक सांसद भई प्रधानमन्त्रीसमेत बनिसकेका छन् भने नेम्बाङ पूर्वसभामुख हुन । उनिहरुले लगातार प्रतिनित्व गरिरहदा गाँउघरमा बिकासले फड्को मार्छ सबै सेबा सुबिधा गाँउघरमा नै आउछ भनेर धेरै सपना बुनेका थिए इलामेलीहरुले तर अहिले यो कोरोनाको माहामारीमा सामान्य उपचार नपाएर बाहिरी जिल्ला जानुपर्दा खिन्न महसुस गरेका मात्र छैनन् दिनहु फेरबदल भइरहेको राजनैतिक घटनाक्रमले झन पिडा माथि पिडा थपिदिएको उनिहरुलाई  ।

जनताहरु उपचार नपाएर आकुलव्याकुल छन । यतिबेला विभिन्न सहयोगी संघसंस्थाहरु , समाजसेवी , बुद्धिजिविहरुले सहयोगी हातहरु फैलाइरहेका छन तर हाम्रा सरकार मिठो निद्रामा रहेको इलामका युबा निरोज खड्गीको भनाई ।

कोरोनाका कारण हरेक क्षेत्र प्रभावित भएको छ । व्यापार व्यवसाय चौपट भएको छ भने दैनिक ज्याला मजदुरी गरेर घर चलाउदै आएकाहरुको पेट भोको भएको छ । राज्यका सबै शक्ति कोरोनाकै नियन्त्रणमा  लाग्नुपर्ने बेलामामा आपसी भागबन्डा र व्यक्तिगत स्वार्थ, सत्ता र शक्ति, गुटगत स्वार्थमा तल्लीन हँुदै जनताको आशा अपेक्षा, राहत र समृद्धिको सपनामाथि धोखा भएको आवाज उठ्न सुरु भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार