पाँचथरमा निषेधाज्ञा पुन थप/

पाँचथरमा निषेधाज्ञा पुन: चौथो पटक थप गरिएको छ। आज बसेको बैठकले पुन थप गरिएको जिल्ला प्रशासन कार्यलयले एक बिज्ञप्ती मार्फत जानकारी गराएको छ।

  सुबास केरुङ 'नुनाम'
7 Shares

२४ जेष्ठ 

पाँचथरमा निषेधाज्ञा पुन: चौथो पटक थप गरिएको छ। आज बसेको बैठकले पुन थप गरिएको जिल्ला प्रशासन कार्यलयले एक बिज्ञप्ती मार्फत जानकारी गराएको छ। निषेधाज्ञा जारी भएको करिब आज तीन साता बितिसकेको छ । संकट ब्यवस्थापन सम्बन्धमा ब्यावस्था गर्न बनेको आध्यादेश २०७८ बमोजिम जिल्ला अधिकारीलाई दिएको अधिकार प्रयोग गरि मिति २०७८ जेठ २४ गते बाट पुन थप गरि जेष्ठ ३१ गते मध्यराती १२ बजे सम्म पाँचथर जिल्ला भरी लागू हुने गरि निषेधाज्ञा लाई निरन्तरता दिइएको छ।

अत्यावश्यक सरकारी , सार्बजनिक कार्यलय तथा बैंक बित्तीय संस्था लगायत लाई भने हप्ता दुई पल्ट ( सोमबार र बिहिबार) बिहान ११:00 देखि 2 बजे सम्म संचालन हुने र बिबाह र मृत्यु संस्कारको लागि बढिमा 10 जना र प्रशासनको अनुमतिपत्र लिएर मात्र गर्न पाइने छ साथै पसल तथा खाद्यान्नको सवालमा बिहान ५:०० देखि ९:००बजेसम्म खोल्ने ब्याहोरा बिग्यप्तीमा उल्लेख छ।यसैगरी सवारी साधनको सम्बन्धमा अत्यावश्यक ( एम्बुलेन्स सव-बहन ) बाहेक पूर्ण निषेध गरिएको छ। विश्वभरी महामारीको रुपमा फैलिरहेको कोभिड -19 रोकथामका लागि गरिएको निषेधाज्ञा विभिन्न जनजीवन प्रभावित भइरहेको छ।यसै सन्दर्भमा पाँचथरका मानबअधिकारकर्मी मंगल बेघा भन्नू हुन्छ ” यस निषेधाज्ञाले मजदुर तथा बिपन्न बर्गहरुमा जिबिकोपार्जनको लागि ठूलो समस्या रहेको छ , यस बिषयमा सरकार, राज्य र स्थानीय सरकारले समाधानको उपायबारे ध्यान दिनु पर्ने देखिन्छ” ।

पाँचथरका सबै स्थानीय जनप्रतिनिधिहरु स्थानिय निकाय लगायतले यस निषेधाज्ञालाई केही खोकुलो पार्नु पर्नेमा जोड दिनु भएको छ। कोभिड -19 को महामारी संगै निषेधाज्ञा भएको तीन साता बितिसक्दा पाँचथरको खाद्यान्न र आवश्यक सामग्रीको ब्यवस्थापन र परिपूर्तिको सन्दर्भमा उपभोक्ताहरुले सदा झै किनमेल गर्ने ठाउँ सम्म आवश्यक खाद्यान्न लाई पुर्याइ दिने र जिल्ला बाहिर बाट आएका मालबाहक साधन लगायत लाई सहजीकरणको भूमिका निभाउदै आवश्यक ब्यावस्थापनमा जोड दिएको बारे उद्योग बाणिज्य संघ पाँचथरका अध्यक्ष दीपक नेपालले बताउनु भयो साथै यस महामारीलाई पूर्ण परास्त पार्न विभिन्न आ-आफ्नो ठाउँबाट नियम पालना गर्न पनि अनुरोध गर्नु भयो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार