नेकपा(माओवादी केन्द्र) इलामद्वारा कोरोना महामारीबाट सचेत रहन आग्रह गर्दै प्रेस विज्ञप्ति जारी

  नयाँ बुलन्द  527 पटक हेरिएको

 

इलाम : नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) इलामले केहि दिन यता इलाम जिल्लामा फैलिरहेको कोरोना महामारीलाई मध्यनजर गर्दै प्रेस विज्ञप्ति जारी गरेको छ ।

कोरोना भाइरस (कोभिड–१९) को दोस्रो लहरको महामारी फैलिएको घटनाले सिंगो देश आक्रान्त भएको छ । यस संक्रामक भाइरसको दोस्रो लहरका कारण निधन भएका सम्पूर्ण नागरिकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै तिनका शोकाकूल परिवारजनमा गहिरो समवेदना प्रकट गर्न चाहन्छाैं । साथै भाइरसबाट संक्रमितहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछाैं।

विश्व मानव जातिका लागि नयाँ चुनौतिका रुपमा देखापरेको कोरोना भाइरस (कोभिड–१९)का कारण हालसम्म इलाम जिल्लामा समेत तीन सय १० जना मानिस संक्रमित भएका छन् भने ११ जना मानिसको मृत्यु भइसकेको छ । कोरोना संक्रमणको दोस्रो लहर अझ आक्रामक एवम् तीब्र संक्रामकका रुपमा देखिएको छ । छिमेकी राष्ट्र भारतमा एकै दिन लाखौं व्यक्ति संक्रमित र हजारौंको संख्यामा मृत्युको तथ्याङ्कले पनि खुल्ला सिमा रहेको हाम्रो इलाम जिल्लाको स्थिति भयावह बन्ने तर्फ सचेत रहनुपर्ने भएको छ ।

कोभिड-१९ जिल्ला संकट ब्यवस्थापन समिति र स्थानीय तहका सरकारसँग जनताको स्वास्थ्यलाइ उच्च प्राथमिकताका साथ जिल्ला अस्पताल इलामलाइ स्वास्थ्य कर्मि, स्वास्थ्य उपकरण र सामाग्रीको समुचित ब्यवस्था मिलाउन, अक्सिजनको पर्याप्त ब्यवस्थापन तथा भण्डारन गर्न साथै जिल्ला अस्पतालमा रहेको भेन्टिलेटर,आईसियु, डाईलोसिस मेसिन तत्काल संचालनमा ल्याउन
र सबै स्थानीय निकायमा स्वास्थ्य उपकरण र सामग्रीको समुचित व्यवस्था मिलाउन विशेष आग्रह गर्दछौं । महामारीको सबैभन्दा बढी मार श्रमजीवि जनसमुदायलाई पर्ने भएकाले उनीहरुका लागि र लकडाउनका कारणले दैनिक छाक टार्नै गाह्रो भएका परिवारका लागी राहत प्याकेज उपलब्ध गराउन स्थानीय तहहरुलाई अपील गर्दछौं ।

विश्व स्वास्थ्य संगठनले समेत नेपाललाई उच्च जोखिममा रहेको देशका रुपमा सचेत गराइरहेको सन्दर्भमा पार्टीका सबै नेता, कार्यकर्ता र सदस्यहरुलाई स्वयममसेवीका रुपमा यस महामारीका विरुद्धको लडाइँमा सावधानीपूर्वक नेतृत्व लिन आग्रह गर्दछाैं ।

कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि अग्रमोर्चामा खटिनु हुने चिकित्सक, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुमा उच्च मनोबलका साथ काम गर्न आग्रह गर्दछाैं । संक्रमितहरुको उपचार निशुल्क गर्न आवस्यक पहल गर्न साथै अग्रमोर्चामा खटिने चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई पर्याप्त मात्रामा पिपिई, मास्क लगायत स्वास्थ्य सुरक्षा सामाग्री र न्युनतम सत् प्रतिशत प्रोत्साहन भत्ता तुरुन्तै उपलब्ध गराउन तीनै तहको सरकारसँग जोडदार माग गर्दछौं । सम्पूर्ण जनसमुदायमा कोरोना विरुद्धका स्वास्थ्य सुरक्षाका सबै मापदण्डको पालना गरी उच्च सतर्कता अपनाउन विशेष अनुरोध समेत गर्दछौं ।

जेष्ठ, २०७८ ।

………………..
क. सोममाया राई (सिन्धु)
संयोजक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार