इलाम नगरपालिका, नगर कार्यपालिकाको कार्यालय इलामको सूचना !

  नयाँ बुलन्द  183 पटक हेरिएको

मिति २०७८।१।९ को सूूचना

विश्वभरि पैmलिदै गइरहेको नयाँ भेरिएन्टसहितको कोभिड १९ महामारीको नेपालमा समेत सङक्रमण बढ्दै गइरहेको सन्दर्भमा सोको रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकार, मन्त्रिपरिषदको मिति २०७८।१।६ को आदेश र जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र इलामको मिति २०७८।१।९ को निर्णयानुसार आम नागरिकहरुले निम्नानुसारको नियम पालना गर्नु पर्ने भएको हुँदा जानकारीको लागि अनुरोध छ ।
निम्न :

  • अत्यन्त जरुरी काम परेमा बाहेक घर बाहिर ननिस्कने ।
  • घर बाहिर निस्कदा अनिवार्य रुपमा मास्कको प्रयोग गर्ने, प्रयोग गरिएका विसर्जन गर्नु पर्ने मास्क बन्द डस्विन वा प्लास्टिकमा बन्द गरी सुरक्षितसाथ ५ दिनपछि मात्र विसर्जन गर्ने ।
  • घर तथा सार्वजनिक स्थानमा जथाभावी नथुक्ने र प्रयोग गरिएको मास्क नफाल्ने ।
  •  विदेशबाट नेपालमा आउँदा वा निकट सम्पर्कमा रही कन्ट्याक टे«सिङमा परेमा परीक्षणबाट नतिजा नेगेटिभ भएतापनि १० दिन होम क्वारेन्टिनमा अनिवार्य बस्ने ।
  • पिसिआर परीक्षणका लागि प्रयोगशालामा स्वाब दिएपछि नतिजा नआएसम्म बाहिर हिडडुल, भेटघाट र बैठक नगर्ने ।
  • स्थानीय तहमा क्वारेन्टिन र आइसोलेसनमा बसेका व्यक्तिलाई सक्दो सहयोग गर्ने ।
  • अन्य व्यक्तिले जनस्वास्थ्यका मापदण्ड पालना नगरेमा स्थानीय तह, स्थानीय प्रशासन, स्वास्थ्य संस्था, टोल सुधार समिति, उपभोक्ता समिति वा सम्बद्ध अन्य निकाय वा संस्थालाई यथाशीघ्र जानकारी गराउने ।
  • होम आइसोलेसनमा बसेका व्यक्ति स्वास्थ्यकर्मीको नियमित सम्पर्कमा रहने र स्वास्थ्यसम्बन्धी कुनै समस्या भएमा तुरुन्तै नजिकको अस्पतालमा जाने ।
  • घर बाहिर निस्कदा मास्कको अनिवार्य प्रयोग गर्ने, मेला, महोत्सव, जात्रा, पर्व, विवाह, न्वारान, पास्नी, ब्रतबन्ध, धार्मिक अनुष्ठान, मलामी लगायतका अत्यावश्यक परम्परागत धार्मिक तथा सांस्कृतिक क्रियाकलापहरु सञ्चालन गर्दा जनस्वास्थ्यका मापदण्डको पालना गरी २५ जनाभन्दा बढी नहुने ।
  • विवाह वा ब्रतबन्धका लागि पार्टीप्यालेस प्रयोग गर्नु पर्ने भएमा जनस्वास्थ्यका मापदण्ड पालना गरी प्रमुख जिल्ला अधिकारीले २५ जनामा नबढ्ने गरी स्वीकृति दिन सक्ने ।

इलाम नगरकार्यपालिकाको कार्यालय

भानुपथ इलाम

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार