विभिन्‍न कार्यक्रमका साथ नयाँ बुलन्दले पाँचौं वार्षिक उत्सव मनाउँदै

  नयाँ बुलन्द
273 Shares

इलाम : बुलन्द मल्टिटेक्निकल मिडिया प्रा.लि. इलामद्वारा संचालित अनलाइन पत्रिका नयाँ बुलन्द डटकमले विभिन्न कार्यक्रम गरी पाँचौं वार्षिक उत्सव मनाउँदै छ ।

वार्षिक उत्सवको अवसरमा नयाँ बुलन्दले आइतबार इलाममा शुभकामना आदानप्रदान, पत्रकार सम्मान र वार्षिक भित्तेपात्रो–२०७८ (क्यालेण्डर) सार्वजनिक गर्दैछ ।

जिल्ला समन्वय समितिका प्रमुख गणेशप्रसाद बरालको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा नयाँ वर्ष २०७८ को शुभकामना आदानप्रदान कार्यक्रमका साथै नयाँ बुलन्दले प्रकाशन गरेको वार्षिक भित्तेपात्रो २०७८ सार्वजनिक हुनेछ । भित्तेपात्रोमा विभिन्न सन्देशमूलक जानकारी एवम् सूचनाहरु राखिएका छन् ।

त्यस्तै एक जना उत्कृष्ण नयाँ बुलन्दकर्मी सम्मानित हुनेछन् ।  यसपटक नयाँ बुलन्दकर्मी युद्धबहादुर बोहोरा सम्मानित हुँदैछन् । उनी दोसल्ला र सम्मानपत्रसहित सम्मानित हुँदैछन् । बोहोराले पत्रकारिताका माध्यमबाट समाजमा पुर्याएको योगदानको कदर गर्दै बोहोरालाई सम्मान गर्न लागिएको बुलन्द मल्टिटेक्निकल मिडिया प्रा.लि.का संचालक तथा नयाँ बुलन्द डटकमका सम्पादक राम योङहाङ बताए । यसअघि नयाँ बुलन्दका उपसम्पादक प्रकाश नेपाल सम्मानित भइसकेका छन् ।  बोहोरा विगत डेढ दशकदेखि व्यवसायिक पत्रकारितामा क्रयाशील छन् ।

नयाँ बुलन्दले छोटो समयमा लोकप्रियता कायम गर्न सफल भएको छ । नेपाल सरकार सूचना तथा प्रशारण विभागमा दर्ता गरेर २०७४ वैशाखदेखि संचालित नयाँ बुलन्दले नागरिकलाई सूचना प्रदान गर्न पहरेदार बन्दै समाजमा व्याप्त भ्रष्टाचार, कालोबजारी, अनियमितता जस्ता नराम्रा पक्षलाई निरुत्साहित गर्दै सत्य, तथ्य र निष्पक्ष सूचना निरन्तर आम नागरिकसामू पुर्याउँदै आएको छ ।

यसले हाल नयाँ बुलन्द अनलाईन टिभी समेत संचालनमा ल्याएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार