लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर)

१. अन्तर्राष्ट्रिय व्यापारलाई सरलीकृत गर्न भन्सार प्रक्रियासँग सम्बन्धित सबै निकायलाई आबद्ध गराउनेगरी नेपाल राष्ट्रिय एकद्वार प्रणाली कहिलेदेखि सुरु गरिएको हो ?
 विक्रम संवत् २०७७ माघ १३ ।
– भन्सार प्रक्रियालाई कागजरहित बनाउँदै सरल बनाउने उद्देश्य राखिएको यो प्रणालीमा सरकारी र निजी क्षेत्रका तीन दर्जनभन्दा बढी निकाय आबद्ध हुनेछन् । यो प्रणालीअन्तर्गत निर्माण हुने वेब पोर्टलमार्फत व्यापारीले आफूसँग सम्बन्धित कागजात अनलाइनमै पेस गर्न सक्नेछन् । त्यसरी पेस गरिएको कागजात र त्यससँग सम्बन्धित विवरण यसमा आबद्ध निकायले समेत प्राप्त गर्न सक्नेछन् । यससँगै फरक–फरक निकायलाई कागजात बुझाउनुपर्ने बाध्यताबाट व्यापारी मुक्त हुने बताइएको छ । अन्तर्राष्ट्रिय व्यापारसँग सम्बन्धित तथ्याङ्क तथा प्रतिवेदन प्रणालीलाई थप स्तरीय बनाउन र विद्युतीय भुक्तानी प्रणाली विकासमा पनि यो प्रणाली सहयोगी हुनेछ ।
– भन्सार प्रक्रियालाई सरलीकरण गर्न आसिकुडा लागू भए पनि यी सबै निकायमा छुट्टाछुट्टै जानुपर्ने अवस्था कायमै छ । कागज बोकेर यी सबै निकायमा पुग्नुपर्ने बाध्यतालाई हटाएर डिजिटल प्रणालीबाट सबै काम सम्पन्न गर्नेगरी नेपाल राष्ट्रिय एकद्वार प्रणाली लागू गर्न लागिएको हो ।

२. प्रसिद्ध चित्रकार÷मूर्तिकार पाब्लो पिकासोको जन्म कुन देशमा भएको हो ?
 स्पेन ।

(ग्वेर्निका यिनको प्रख्यात चित्रकला हो । यिनले कलामा घनवादको सुरुवात गरेका ।)

३. एक्सिलेन्स इन इम्प्लोई एक्सपेरियन्स अवार्ड प्राप्त गर्ने नेपालको वाणिज्य बैङ्क कुन हो ?
 नबिल बैङ्क ।
(मानव संशाधनमा परामर्श गर्ने कम्पनी ग्रोथ सेलरद्वारा एचआर मिटअन्तर्गत पहिलोपटक समावेश गरिएको अवार्ड नबिल बैङ्कले प्राप्त गरेको । वर्किङ कल्चर, सेवा–सुविधा र उत्प्रेरणाका हिसाबले उत्कृष्ट भएका कारण अवार्ड प्रदान गरिएको कम्पनीले जनाएको ।

४. मिथिला नाट्यकला परिषद्द्वारा दिइँदै आएको महामुर्खको उपाधि यस वर्ष (२०७७) कसलाई प्रदान गरियो ?
 चर्चित हास्यकलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य ।
(परिषद्द्वारा प्रत्येक वर्ष होली पर्वको पूर्वसन्ध्यामा महामुर्ख सम्मेलन गरी समाजका विभिन्न क्षेत्रमा प्रतिष्ठा कमाएकालाई सम्मानस्वरूप महामुर्खसहितका उपाधि प्रदान गरिंदै आएको ।)

५. एउटै प्राणीमा भाले र पोथी दुवै अङ्ग हुने जीव कुन हो ?
 गँड्यौला ।

६. अर्वुद रोगको उपचारमा प्रयोग हुने विधि केमोथेरापी÷रेडियम थेरापी हो भने कुष्ठ रोगको उपचारमा प्रयोग हुने विधि कुन हो ?
 मल्टिड्रग थेरापी ।

७. सङ्गीतशास्त्रको मूल कुन वेदलाई मानिन्छ ?
 सामवेद ।
– सामवेदमा १८२४ मन्त्र रहेका ।
– सबै वेदको प्रमुख अंश यसमा रहेको । यसमा तीन शाखा र ७५ ऋचा रहेका ।
– यस वेदमा अग्नि र इन्द्र देवतालाई प्रधानता दिइएको ।

८. भारतीय अन्तरीक्ष प्रक्षेपणले एकैपटक कतिवटा उपग्रह प्रक्षेपण गरी कीर्तिमान कायम ग¥यो ?
 १०४ वटा ।
– आईएसएले भारतलगायत अमेरिका, इजरायल, नेदरल्यान्ड, स्वीट्जरल्याड, कजाकिस्तान र युएई गरी १०४ उपग्रह प्रक्षेपण गरेको ।
– सन् २०१७ फेबु्रअरी १५ मा ती उपग्रह प्रक्षेपण गरिएको ।
– यसअघि सन् २०१४ मा रूसले एकैपटक ३७ भू–उपग्रह प्रक्षेपण गरेको ।

९. सत्यनिरूपण तथा मेलमिलाप आयोगको गठन कहिले गरिएको हो ?
 विसं २०७१ माघ २७ ।
(बेपत्ता छानबिन आयोगको गठन पनि २०७१ माघ २७ मा नै गरिएको ।)

०. मकै पर्व (विसं १९७७)को पोल खोल्ने व्यक्ति रामहरि अधिकारी र भोजराज जोशी हुनुहुन्छ भने लाइब्रेरी पर्व (विसं १९८७)को पोल खोल्ने व्यक्ति को हुनुहुन्छ ?
 रामचन्द्र अधिकारी ।
– अन्य घटनामा पोल खोल्ने व्यक्ति ?
– भण्डारखाल पर्व (विसं १९०३ कात्तिक १२) ः विजयराज पण्डित
– ३८ सालको पर्व (विसं १९३८)ः उत्तरध्वज खवास ।
– प्रचण्ड गोरखा पर्व (विसं १९८८)ः लक्ष्मण राज ।
– प्रजा परिषद् काण्ड (विसं १९९३)ः रामजी जोशी र मुरलीधर पण्डित ।

११. यारी भन्ज्याङ हुम्ला जिल्लामा पर्छ भने नाम्जा भञ्ज्याङ कहाँ पर्छ ?
 मुगु ।

१२. औँसीदेखि पूर्णिमासम्मको समयावधिलाई के भनिन्छ ?
 शुक्ल पक्ष ।
(पूर्णिमादेखि औँसीसम्मको समयावधिलाई कृष्ण पक्ष भनिन्छ । शुक्ल पक्षमा चन्द्रमाको उज्यालो भाग क्रमशः बढ्दै जान्छ भने कृष्ण पक्षमा चन्द्रमाको उज्यालो भाग क्रमशः घट्दै जान्छ ।)

१३. विश्वमै सबैभन्दा सानो लालीगुराँसको फूल कहाँ पाइन्छ ?
 मुगु जिल्लास्थित रारातालआसपास ।
१४. नेपालका प्रथम ग्राजुयट सिभिल इन्जिनियर को हुनुहुन्छ ?
 डिल्लीजङ्ग थापा ।
(हेटौँडा–काठमाडौँ रोप–वे, विसं १९९० को भूकम्पमा भत्केको धरहरा र घण्टाघरको पुनर्निर्माण, डिल्लीबजार चारखाल अड्डा, जनकपुर–जयनगर रेल्वे, भूकम्पमा भत्केको शितल निवासको पुनर्निर्माणलगायतका भवन÷मार्ग आदिको निर्माण डिजाइनमा यिनको भूमिका रहेको । यिनकै नामबाट काठमाडौँस्थित डिल्लीबजारको नामकरण गरिएको ।)

१५. विश्व कविता दिवस कहिले मनाइन्छ ?
 मार्च २१ ।

१६. ‘ला मिजरेबल’ नामक वृहत् उपन्यासका लेखक को हुनुहुन्छ?
 फ्रेन्च साहित्यकार भिक्टर ह्युगो ।

१७. मेलम्ची खानेपानी आयोजनाको पानी काठमाडौँ उपत्यकामा वितरण सुरुवात कहिले गरियो ?
 विसं २०७७ चैत १५ ।
– बाइस वर्ष लगाएर बनाइएको मेलम्ची खानेपानी आयोजनाको पानी काठमाडौँ उपत्यकामा पहिलोपटक वितरण सुरु गरिएको ।
– सुन्दरीजलबाट आएको प्रशोधित पानीलाई पिउनयोग्य बनाएर महाँकालस्थित पोखरी (वितरण केन्द्र) बाट चाबहिल, बत्तीसपुतली, कालोपुल, सिफल, एयरपोर्टलगायतका क्षेत्रमा वितरण गरिएको ।
– काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले मेलम्चीको पानी चार चरणमा वितरण गर्ने योजना बनाएको ।
– मेलम्चीबाट प्राप्त १७ करोड लिटर पानी र काठमाडौँ उपत्यकाको भूमिगत पानी आठ करोड लिटर गरी जम्मा दैनिक २५ करोड लिटर पानी केयुकेएलले वितरण गर्नेछ ।
– काठमाडौँ उपत्यकामा हाल दैनिक ४३ करोड लिटर पानीको माग छ ।
– दोस्रो परियोजनाअन्तर्गत याङ्ग्री र लार्केखोलाको पानी पनि सोही सुरुङबाट ल्याएपछि दैनिक ५१ कारोड लिटर पानी उपत्यकामा आउनेछ ।
– मेलम्चीको पानी वितरण सुरु भएपछि भूमिगत पानीको प्रयोग नगरिने केयुकेएलले जनाएको ।

१८. इलियड र ओडिसी नामका दुई प्रसिद्ध महाकाव्यका सर्जक को हुनुहुन्छ ?
 होमर (ग्रीक सभ्यताका महान् कवि तथा इतिहासवेत्ता) ।

१९. नेपालमा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवस कहिले मनाइन्छ ?
 जेठ २१ ।

२०. ‘शान्ति र समृद्धिका लागि गहन एकता’ कतिऔँ सार्क शिखर सम्मेलनको नारा हो ?
 १८औँ ।

२१. सिस्टर रोबर्ट के हो ?
 कोभिड–१९ लगायत रोगबाट सङ्क्रमित (विशेषगरी आइसोलेसनमा रहेका) बिरामीको सहयोग एवम् स्वास्थ्यकर्मीलाई ती बिरामीबाट सुरक्षित राख्न सहयोग पु¥याउने रोबर्ट ।
– बागमती प्रदेशको सक्रियतामा नेपाल इन्जिनियर्स एसोसियसनद्वारा यसको निर्माण गरिएको ।
– यस रोबर्टको सहयोगबाट बिरामीलाई आवश्यक पर्ने औषधि, खाना, पानीलगायतका सामग्री रिमोट कन्ट्रोलको सहायताले बिरामीसम्म पु¥याउन सकिने ।

२२. राष्ट्रिय आयोजना बैङ्कको शुभारम्भ कहिले भएको हो ?
 विसं २०७६ माघ २६ ।

२३. विश्व क्षयरोग दिवस कहिले मनाइन्छ ?
 मार्च २४ ।
(सन् २०२१ मा यो दिवसको नारा ‘सङ्केत समयको, क्षयरोग अन्त्यको’ रहेको ।)

२४. नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधन कहिले भएको हो ?
 विसं २०७७ चैत १३ ।

२५. कुनै वस्तुमा भएको पदार्थको परिमाणलाई के भनिन्छ ?
 पिण्ड ।
(वस्तुको पिण्ड भौतिक तराजुले नापिन्छ । अन्तर्राष्ट्रिय नापतौल विभागमा राखिएको प्लाटिनम इरिडियम धातुबाट बनेको ढकको पिण्डलाई एक किलोग्राम मानिन्छ ।)

२६. राष्ट्रिय मानवअधिकार आयोगलाई कहिलेदेखि संवैधानिक अङ्गका रूपमा व्यवस्था गरिएको हो ?
 विसं २०६३ माघ १ ।
(नेपालको अन्तरिम संविधान–२०६३ सँगै) ।

२७. प्रसिद्ध ओल्को पर्व नेपालको कु्न ठाउँमा प्रचलित छ ?
 सुदूरपश्चिम ।

२८. नारायणहिटी दरबार सङ्ग्रहालयमा श्रीपेचको अवलोकन सर्वसाधारणका लागि कहिलेदेखि खुला गरिएको हो ?
 विसं २०७५ कात्तिक ४ ।
(विसं २०७५ असोज २९ गते प्रधानमन्त्री केपी शर्मा ओलीले अवलोकन गरेसँगै नयाँ व्यवस्थाअन्तर्गत कात्तिक ४ गतेबाट श्रीपेच सर्वसाधारणका लागि अवलोकन खुला गरिएको ।)

२९. नेपालमा मात्र पाइने चरा कुन हो ?
 काँडे भ्याकुर ।
(सबै चराको नक्कल गर्न सक्ने चरा ।)

३०. नेटुवा जातिको बसोबास कहाँ रहेको छ ?
 कपिलवस्तुको शुद्धोधन ।
– विसं २०६८ को राष्ट्रिय जनगणनाअनुसार कपिलवस्तुमा ३०० को हाराहारीमा नेटुवा जातिको बसोवास रहेको ।
– यो जातिका मानिसले आफूहरूलाई अल्पसङ्ख्यक जातिको सूचीमा राख्न सरकारसँग माग गर्दै आएका ।
प्रस्तुतकर्ता : टंक के.सी./गोरखापत्रबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार