आदिवासी जनजातिः अरुको झोलेपोके मात्रै हो ?

  निनाम कुलुङ 'मंगले'
0 Shares

गएको केही हप्ताअघि सरकारी नेकपा र गैर सरकारी (अहिले सरकारी निकाय र सरकारी ढुकुटीमा मोज–मस्ती गर्न पाईरहेका र नपाई रहेका नेकपाबीचको तानातानमा) अथवा भनौं खान नपाएका नेकपा र खना नपाएका नेकपाको जुलुसहरु हेर्दा यो पंक्तिकारलाई के लाग्यो भने, विशेषतः नेपालका आदिवासी जनजातिहरु आप्mनो राजनीतिक अधिकार, जातीय स्वपहिचान, भाषिकअधिकार, धार्मिक अधिकार, सांस्कृतिक अधिकार, समानुपातिक समावेशीता, आत्मनिर्णयको अधिकार, मौलिक हक स्थापित गर्न, स्थापित भएका मौलिक हक–अधिकारहरु, जो पछिल्लो (विसं २०७२ को) संविधानमै उल्लेख भएको छ, ती मौलिक हक–अधिकारहरु, जस्तै आईएलओ महासन्धिको धारा–१६९ लाई नेपाल सरकारले मान्छु भनेर तत्कालीन अन्तरिम संसदबाट पारित गरेको वा भनौं अनुमोदन गरेको सन् २००७ मै हो । तर, आईएलओ महासन्धिको धारा–१६९ नेपाल सरकार मान्छु भनेर पारित गरेको लगभग १४ वर्ष पुग्न लाग्दा पनि नेपालका आदिवासी जनजाति, मुसलमान, दलित (एका–दुक्का बाहुन–क्षेत्रीहरु पनि) गाई–गोरु वा बाच्छा–बाच्छी मारेको आरोपमा तीन वर्ष जेल र १०÷१२ हजार हुँदै २२÷२५ देखि ५०÷६० हजारसम्म (पैmसला गर्ने श्रीमानको तजबिजमा भरपर्ने) जेल बस्नुपरेकै छ । तापनि नेपालका आदिवासी जनजातिहरुमा विगतमा भन्दा केही बढी नै ! राजनीतिक अधिकार, जातीय स्वपहिचान, भाषिकअधिकार , धार्मिक अधिकार, सांस्कृतिक अधिकार, समानुपातिक समावेशीता, आत्मनिर्णयको अधिकार, मौलिक हक आदिबारे सचेतता आएको र चेतनाको विबकस भएको हो कि ! भन्न सकिन्छ ।

विसं २०७२ यता हरेक वर्ष असोज ३ गते राज्य र राज्य पक्षका मान्छेहरुले धुमधामका साथ काठमाण्डौको टुँडीखेलको सैनिक मञ्चमा संविधान दिवस मनाउने गरेका छन् । सो अवसरमा देशका शासक जात र शासक वर्गका मान्छेहरुले त खुशीयाली मनाउने नै भए । संविधान दिवसमा सरकार प्रमुख, राज्य प्रमुख र राज्य पक्षका मान्छेहरु, तिनका हनुमानगिरी गरेर र झोलेपोके बनेर केही हिस्सा पएर भाग शान्ति जय नेपाल ! गर्न पाएका हाम्रा भनिएका मान्छेहरुलाई मनोरञ्जन दिलाउने र खुशी बनाउने काम भने आदिवासी जनजाति र मधेसी मूलका केटाकेटी (भाइबहिनी) हरु वा भनौं कलाकारहरुले ‘सुझो न बुझो टिकी ट्यास–ट्यास !’ भनेभैmँ फगत मनोरञ्जन दिलाउने गरेका छन् । हरेक वर्ष सो कार्यक्रमको दृश्य र झलकहरु न्ेपालका विभिन्न टेलीभिजन च्यानलहरु, युट्युब च्यानलहरु, विभिन्न पत्रपत्रिकाहरु, अनलनइन न्युजपोर्टल लगायतमा छापिएको÷प्रचारप्रसार भएको फोटाहरु र, दृश्यहरु हेर्दा लाग्छ कि, विसं २०७२ असोज ३ मा जारी भएको संविधान चौथो वर्ष पूरा भएर पाँचांंै वर्ष लागेको अवसरमा संविधान दिवस मनाउन पाउँदा सरकार प्रमुख, राज्य प्रमुख, राज्य पक्षका मान्छेहरु र तिनका हनुमानगिरी गरेर र, झोलेपाके बनेर सरकार र राज्यको केही हिस्सामा भाग शान्ति जय नेपाल ! गर्न पाएका हाम्रा भनिएका मान्छेहरुभन्दा ती अबोध कलाकार भाइबहिनीहरु धेरै खुशी छन् ! त्यसैले उनीहरु मन खोलेर उफ्रीपाफ्री गरी रहेका छन् ! अथवा भनौं त्यही भएर उनीहरु मस्तराम भएर मनोरञ्जन दिलाई रहेका छन्, नाचगानमा रमाई रहेका छन् । तर अर्कोतर्पm सोही दिन नेपालकै असन्तुष्ट पक्ष, खासगरी आदिवासी जनजाति र मधेसी (राज्य र राज्यपक्षको भाषामा भन्नु पर्दा सानो समूह !) ले भने सुरुदेखि नै (विसं २०७२ साल असोज ३ का दिन जारी नेपालको नयाँ संविधान प्रति असहमति राख्दै) सो दिन विरोध प्रदर्शन र विरोधसभा गर्ने गर्छन् ।

उता विसं २०७२ साल असोज ३ का दिन जारी भएको र सरकार, राज्य र पक्षका मान्छेहरु र, राज्यपक्षको तिनका हनुमानगिरी गरेर र, झोलेपाके बनेर सरकार र राज्यको केही हिस्सामा भाग शान्ति जय नेपाल गर्ने आदिवासी जनजाति, दलित तथा मधेसीहरुले नेपाल र दक्षिण एसियाको मात्रै नभएर विश्वकै उत्कृष्ट भन्ने गरेको संविधानको विरुद्ध कालो दिवसको रुपमा सडकमा कार्यक्रम गरी ‘असोज ३ कालो दिन’ भनी कालो दिवसको रुपमा कार्यक्रम गरी कालो दिवस मनाई रहेका थिए । हुन त विसं २०७२ को संविधान जारी भएदेखि नै राज्य र राज्यपक्षका मान्छेहरुले धुपबत्ती बालेर, मैनबत्ती बालेर, दिपावली गरेर, अबीर लगाएर ! हर्षोल्लासका साथ संविधान दिवस मनाउँदै आएका छन् ।

पछिल्लो पटक विसं २०७२ असोज ३ मा जारी भएको नयाँ संविधान, जो राज्य पक्षका मान्छे र नेपालका ठूला भनिएका राजनैतिक दल र तिनका नेता तथा उनीहरुको हनुमानगिरी गरेर र, झोलेपाके बनेर केही हिस्सामा भाग शान्ति जय नेपाल गर्ने आदिवासी जनजाति, दलित तथा मधेसीहरु र राज्य पक्षको वकालत गर्ने बुद्धीजीवीहरुको नजरमा नेपाल र दक्षिण एसियाको मात्रै नभएर विश्वकै उत्कृष्ट भनिएको संविधानको विरोधमा किन कालो दिवस नै मनाउने गरेका छन् त ? के उनीहरुले फगत विरोधका लागि विरोध गर्न मात्रै यसो गरेका हुन् त ? यहाँ एक चर्चा गर्ने प्रयास गरिएको छ । विसं २०७२ असोज ३ मा जारी भएको संविधान जो छ, यो संविधान नेपालका राजनैतिक दल र तिनका नेताहरु, बुद्धीजीवीहरु, उनीहरुको हनुमानगिरी गरेर र, झोलेपोके बनेर केही हिस्सामा भाग शान्ति जय नेपाल ! गर्ने आदिवासी जनजाति, दलित तथा मधेसीहरुको नजरमा नेपाल र दक्षिण एसियाको मात्रैे होइन विश्वकै उत्कृष्ट संविधान हो । तर यो संविधानमा आदिवासी जनजाति विरोधी ११ वटा धाराहरु रहेका छन् । त्यस्तै २९ वटा धाराहरु आदिवासी जनजातिहरुका लागि विभेदकारी छन् भने, सबैभन्दा धेरै अर्थात् ३९ वटा धाराहरु आदिवासी जनजातिहरुलाई बहिष्करण गर्ने खालका छन् । उता यो संविधासको ५ वटा धाराचाहिँ नेपालका शासक मानिएका आर्य–खस समूहको जातीय सर्वोच्चतालाई साथ र सहयोग गर्ने खालको छ । त्यस्तै धारा २७४ ले ७ प्रदेशबाहेक एक इन्च पनि तलमाथि गर्न नमिल्ने आशय बोलेको छ । मानौं कि, विसं २०७२ असोज ३ मा जारी भएको संविधानको धारा २७४ ढुंगोमा कँुदिएको अक्षर हो ! –सन्दर्भ स्रोतः अधिवक्ता शंकर लिम्बु, सचिव, लाहुर्निप । यस्तो हुँदाहुँदै पनि विसं २०७२ असोज ३ मा जारी भएको नयाँ संविधानलाई राज्य पक्षका मान्छे र नेपालका ठूला भनिएका राजनैतिक दल र तिनका नेता तथा उनीहरुको हनुमानगिरी गरेर र, झोलेपाके बनेर केही हिस्सामा भाग शान्ति जय नेपाल गर्ने आदिवासी जनजाति, दलित तथा मधेसीहरु र राज्य पक्षको वकालत गर्ने बुद्धीजीवीहरुको नजरमा विसं २०७२ मा जारी भएको संविधान नेपाल र दक्षिण एसियाको मात्रै नभएर विश्वकै उत्कृष्ट संविधान हो !

निश्चय नै यो पंक्तिकार अरु जस्तो (केही त्यस्ता व्यक्तिहरुको घमण्डअनुसार कुरो गर्ने हो भने) दर्जनौं विषयमा डिप्लोमा, डिग्री, एमफिल र त्यति नै विषमा डक्टरेट ! गरेको व्यक्ति नभएर स्कुलको ढोका समेत नदेखेको र क, ख, ग, घ, … समेत नपढेको व्यक्ति हो ! त्यसो भए तापनि यहाँ स्वर्गीय डाक्टर हर्क गुरुङले लेखेको ‘जनजाती सेरोफेरो’ नामक किताबको पाना नम्बर–२२ मा लेखेको (मैले पढेको !) जनजातीय बित्याँस उप शीर्षकको ‘जनजातीय विविधताको … । छिमेकी भारतको हामीमाथि ठूलो प्रभाव छ, … विविध पक्षमा । त्यस देशको गणतन्त्र दिवसमा प्रदर्शन गरिने विभिन्न झाँकीमध्ये सबभन्दा बढी उफ्रिने टोलीहरु हुन् पन्जाबको भाँगडा र नागाहरुको नाच । तिनीहरुमध्ये “हो” भन्नेहरु राजधानीमा उफ्रदै गर्छन्, “होइन” भन्नेहरु स्वशासनको लागि पड्कदै गर्छन् । हाम्रो पनि राजनैतिक पर्वहरुमा जनजातीय धार्मिक÷सांस्कृतिक झाँकीहरु प्रयोग हँदै आएको छ, तर पड्कनु भने बाँकी छ ।’ भनी लेखेको हरफको याद आयो । सायद हर्क गुरुङले आप्mनो सो लेखमा स्वतन्त्र पञ्जाबको (खालिस्तान–स्वर्ण मन्दिर घटना) आन्दोलन र नागाल्यान्डको नागाल्यान्ड स्वतन्त्रताको आन्दोलनलाई इंगित गर्न खोजेका थिए ।

तर डाक्टर हर्क गुरुङ हालसम्म पनि जीवितै रहनु भएको भए समग्र नेपालको आदिवासी जनजाति आन्दोलन, विभिन्न राजनैतिक दलमा रहेका तर, आप्mनो जाति, भाषा, धर्म, संस्कार, संस्कृति, रीतिरिवाज र, समग्र आप्mनो समुदायको हितको लागि केही न केही प्राप्त गर्नका लागि अधिकतम प्रयास गर्नेभन्दा पनि आप्mनो दल र तिनका नेताहरुमाझ आप्mनो जाति, भाषा, धर्म, संस्कार, संस्कृति, रीतिरिवाज र, समग्र आप्mनो समुदायलाई देखाएर बार्गेनिङ गर्ने, हनुमानगिरी गर्ने, झोलेपोके बन्ने अन्तिममा केही हिस्सामा ‘भाग शान्ति जय नेपाल !’ (व्यक्तिगत स्वार्थका लागि) गर्ने आदिवासी जनजाति मूलका नेताहरुप्रति कस्तो दृष्टिकोण राख्नु हुन्थ्यो होला ?, कस्तो टिप्पणी गर्नु हुन्थ्यो होला ? उनीहरुलाई के भन्न चाहनु हुन्थ्यो होला ? अहिलेलाई कल्पना मात्रै गर्न सकिन्छ ।

[email protected]

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार