माथिको शीर्षक मेरो मौलिक शीर्षक नभएर स्वर्गीय डाक्टर हर्क गुरुङको ‘जनजाती सेरोफेरो’ नामक किताबबाट लिईएको हो । त्यसो त नेपालका आदिवासी जनजाति, महिला, मधेसी, मुस्लिम, पिछडिएको क्षेत्र, जातजाति, समूह, वर्ग लगायतमा आजभोलि विगतमा भन्दा केही बढी नै ! राजनीतिक अधिकार, जातीय स्वपहिचान, भाषिकअधिकार , धार्मिक अधिकार, सांस्कृतिक अधिकार, समानुपातिक समावेशीता, आत्मनिर्णयको अधिकार, मौलिक हक आदिबारे सचेतता आएको र चेतनाको विबकस भएको हो कि ! भन्न सकिन्छ ।
तापनि हालसालै सरकारी नेकपा र गैर सरकारी (अहिले सरकारी निकाय र सरकारी ढुकुटीमा मोज–मस्ती गर्न पाईरहेका र नपाई रहेका नेकपाबीचको तानातानमा) अथवा भनौं खान नपाएका नेकपाको जुलुसहरु हेर्दा यो पंक्तिकारलाई के लाग्यो भने, विशेषतः नेपालका हामी आदिवासी जनजातिहरु हाम्रो आप्mनो राजनीतिक अधिकार, जातीय स्वपहिचान, भाषिकअधिकार , धार्मिक अधिकार, सांस्कृतिक अधिकार, समानुपातिक समावेशीता, आत्मनिर्णयको अधिकार, मौलिक हक स्थापित गर्न र, स्थापित भएका मौलिक हक–अधिकारहरु, जो पछिल्लो (विसं २०७२ को) संविधानमै उल्लेख भएको छ, ती मौलिक हक–अधिकारहरु, जस्तै आईएलओ महासन्धिको धारा–१६९ लाई नेपाल सरकार मान्छु भनेर तत्कालीन अन्तरिम संसदबाट पारित गरेको वा भनौं अनुमोदन गरेको सन् २००७ मै हो । तर, आईएलओ महासन्धिको धारा–१६९ नेपाल सरकार मान्छु भनेर पारित गरेको लगभग १४ वर्ष पुग्न लाग्दा पनि नेपालका आदिवासी जनजाति, मुसलमान, दलित (एका–दुक्का बाहुन–क्षेत्रीहरु पनि) गाई–गोरु वा बाच्छा–बाछी मारेको आरोपमा तीन वर्ष जेल र २२÷२५ देखि ५०÷६०भनौं अनुमोदन गरेको सनु २००७ मै हो । लागू गर्नभन्दा पनि आदिबारे सचेत भएका छन्, थाहा पाएका छन् ।
असोज ३ गते सरकार, राज्य र राज्य पक्षका मान्छेहरुले धुमधामका साथ काठमाण्डौको टुँडीखेलको सैनिक मञ्चमा संविधान दिवस मनाए । त्यसमा देशका शासक जात र शासक वर्गका मान्छेहरुले त खुशी मनाउने नै भए । तर, उक्त कार्यक्रममा ‘सुझो न बुझो टिकी ट्यास–ट्यास !’ भनेभैmँ संविधान दिवस मनाउन उपस्थित भएका सरकार प्रमुख, राज्य प्रमुख र राज्य पक्षका मान्छेहरु, तिनका हनुमानगिरी गरेर र झोलेपाके बनेर सरकार र, राज्यको केही हिस्सामा भाग शान्ति जय नेपाल ! गर्न पाएका हाम्रा भनिएका मान्छेहरुलाई मनोरञ्जन दिलाउने र खुशी बनाउने काम भने आदिवासी जनजाति र मधेसी मूलका केटाकेटी (भाइबहिनी) हरु वा भनौं कलाकारहरुले दिलाएका थिए । सो कार्यक्रमको दृश्य विभिन्न टेलीभिजन च्यानलहरु र यु–ट्युबहरुमा हेर्दा र विभिन्न असोज ४ गते विभिन्न पत्रपत्रिकामा छापिएको फोटोहरु हेर्दा लाग्थ्यो कि, विसं २०७२ असोज ३ मा जारी भएको संविधान चौथो वर्ष पूरा भएर पाँचांंै वर्ष लागेको अवसरमा संविधान दिवस मनाउन पाउँदा सरकार प्रमुख, राज्य प्रमुख, राज्य पक्षका मान्छेहरु र तिनका हनुमानगिरी गरेर र, झोलेपाके बनेर सरकार र राज्यको केही हिस्सामा भाग शान्ति जय नेपाल ! गर्न पाएका हाम्रा भनिएका मान्छेहरुभन्दा ती कलाकार भाइबहिनीहरु धेरै खुशी छन् ! त्यसैले उनीहरु मन खोलेर उफ्रीपाफ्री गरी रहेका छन् ! अथवा भनौं त्यही भएर उनीहरु मस्तराम भएर मनोरञ्जन लिईरहेका छन्, नाचगानमा रमाई रहेका छन् ।
तर, नेपालकै असन्तुष्ट पक्ष, आदिवासी जनजाति र मधेसी (राज्यको भाषामा सानो समूह !) ले भने सुरुदेखि नै विसं २०७२ साल असोज ३ का दिन जारी नेपालको नयाँ संविधान प्रति असहमति राख्दै ‘मा विरोध प्रदर्शन र विरोधसभा गर्छन् । यो वर्ष पनि ‘असोज ३ कालो दिन’ भनी जुलुस निकाल्ने, असहमति रहेको बुँदाहरु जलाउने र विरोधसभ ागर्ने क्रममा ३ जनालाई पक्राऊ गरियो ।
उता विसं २०७२ साल असोज ३ का दिन जारी भएको र सरकार, राज्य र पक्षका मान्छेहरु र, राज्यपक्षको तिनका हनुमानगिरी गरेर र, झोलेपाके बनेर सरकार र राज्यको केही हिस्सामा भाग शान्ति जय नेपाल गर्ने आदिवासी जनजाति, दलित तथा मधेसीहरुले नेपाल र दक्षिण एसियाको मात्रै नभएर विश्वकै उत्कृष्ट भन्ने गरेको संविधानको विरुद्ध कालो दिवसको रुपमा सडकमा कार्यक्रम गरी ‘असोज ३ कालो दिन’ भनी कालो दिवसको रुपमा कार्यक्रम गरी कालो दिवस मनाई रहेका थिए ।
हुन त विसं २०७२ को संविधान जारी भएदखि नै राज्य र राज्यपक्षका मान्छेहरुले धुपबत्ती बालेर, मैनबत्ती बालेर, दिपावली गरेर, अबीर लगाएर ! हर्षोल्लासका साथ संविधान दिवस मनाउँदै आएका छन् । त्यसैले यो वर्ष पनि उनीहरुले त्यसै गरे । अझ यो वर्ष त राज्यले नै ३ दिनसम्म हर्षोल्लास र भव्यताका साथ संविधान दिवस मनाउन उर्दी जारी गरेको थियो । जसलाई केही बुद्धिजीवी, लेखक तथा आलोचकहरुले ‘लोकतन्त्रको युगमा पञ्चायत व्यवस्थाको पुनरागमनको भूतको झल्को !’ भनी आलोचना पनि गरे । सरकारको सो निर्णयलाई पञ्चायत व्यवस्थासँग दाँजे । त्यसो त संविधान दिवस मनाउनका लागि राज्यले आम नागरिकलाई सार्वजनिक बिदा दिएरै (कहिले १ दिन, कहिले २ दिन, सरकार प्रमुखको मुडअनुसार !) भव्यताका साथ संविधान दिवस मनाउँदै आएका छन् भने, आदिवासी जनजाति र मधेसीहरु भने सो दिनलाई (समूह सानो भए पनि) आफ्नो समुदाय र वर्गका लागि कालो दिन वा कालो दिवस भनी मनाउँदै आएका छन् ।
जे होस्, पछिल्लो पटक विसं २०७२ असोज ३ मा जारी भएको नयाँ संविधान, जो राज्य पक्षका मान्छे र नेपालका ठूला भनिएका राजनैतिक दल र तिनका नेता तथा उनीहरुको हनुमानगिरी गरेर र, झोलेपाके बनेर केही हिस्सामा भाग शान्ति जय नेपाल गर्ने आदिवासी जनजाति, दलित तथा मधेसीहरु र राज्य पक्षको वकालत गर्ने बुद्धीजीवीहरुको नजरमा नेपाल र दक्षिण एसियाको मात्रै नभएर विश्वकै उत्कृष्ट भनिएको संविधानको विरोधमा किन कालो दिवस नै मनाउने गरेका छन् त ? के उनीहरुले फगत विरोधका लागि विरोध गर्न मात्रै यसो गरेका हुन् त ? यहाँ एक चर्चा गर्ने प्रयास गरिएको छ ।
विसं २०७२ असोज ३ मा पछिल्लो पटक जारी भएको नयाँ संविधान, जो राज्य पक्षका मान्छे र नेपालका ठूला भनिएका राजनैतिक दल र तिनका नेता तथा उनीहरुको हनुमानगिरी गरेर र, झोलेपाके बनेर केही हिस्सामा भाग शान्ति जय नेपाल गर्ने आदिवासी जनजाति, दलित तथा मधेसीहरु र, राज्य पक्षको वकालत गर्ने बुद्धीजीवीहरुको नजरमा नेपाल र दक्षिण एसियाको मात्रै नभएर विश्वकै राज्यको पक्षमा वकालत गर्ने बुद्धीजीवीहरुको नजरमा नेपाल र दक्षिण एसियाको मात्रै नभएर विश्वकै उत्कृष्ट भनिएको संविधान जो छ, त्यसमा आदिवासी जनजाति विरोधी ११ वटा धाराहरु रहेका छन् । त्यस्तै विश्वकै उत्कृष्ट भनिएको हालको संविधानमा २९ वटा धाराहरु आदिवासी जनजातिहरुका लागि विभेदकारी छन् । विसं २०७२ को संविधानमा सबैभन्दा धेरै अर्थात् ३९ वटा धाराहरु आदिवासी जनजातिहरुलाई बहिष्करण गर्ने खालका छन् । उता ५ वटा धाराले भने नेपालका शासक मानिएका आर्य–खस समूहको जातीय सर्वोच्चतालाई साथ र सहयोग गर्ने खालका छन् भने, धारा २७४ ले ७ प्रदेशबाहेक एक इन्च पनि तलमाथि गर्न नमिल्ने आशय बोलेको÷उल्लेख गरिएको छ । मानौं कि, विसं २०७२ असोज ३ मा जारी भएको संविधानको धारा २७४ ढुंगोमा कँुदिएको अक्षर हो ! –सन्दर्भ स्रोतः अधिवक्ता शंकर लिम्बु, सचिव, लाहुर्निप ।
यस्तो हुँदाहुँदै पनि विसं २०७२ असोज ३ मा जारी भएको नयाँ संविधानलाई राज्य पक्षका मान्छे र नेपालका ठूला भनिएका राजनैतिक दल र तिनका नेता तथा उनीहरुको हनुमानगिरी गरेर र, झोलेपाके बनेर केही हिस्सामा भाग शान्ति जय नेपाल गर्ने आदिवासी जनजाति, दलित तथा मधेसीहरु र राज्य पक्षको वकालत गर्ने बुद्धीजीवीहरुको नजरमा नेपाल र दक्षिण एसियाको मात्रै नभएर विश्वकै राज्यको पक्षमा वकालत गर्ने बुद्धीजीवीहरुले विश्वकै उत्कृष्ट भनेर सुगा रटाई गरी रहनु भनेको साँढेको … झर्ला र … ला भनी पर्खी बसेको, कमारो बुद्धि भएको र झोलेपोके प्रविद्धि भएकाहरु नै हुन् । जो ‘हाँ मा हाँ’ गर्दै र ‘चोचोमा मोचो’ मिलाउँदै भाग शान्ति जय नेपाल गर्नमै मस्त÷व्यस्त छन् ।
खासमा त्यसरी राज्य र राजनैतिक दलको पक्षमा लागेका आदिवासी जनजाति मूलका नेता हौं भन्ने कपूतहरुको … मोलाईको घृणित कामकै परिणाम हो, गत अगष्ट ९ का दिन सरकारी अर्थात् सूचीकृत ५९ जातिहरुबीचमै अलगअलग रुपमा दुई समूहमा विभक्त भएर कार्यक्रम गर्नु । यसो हुनुमा माथि शीर्षकमा भनिएझैंँ हामी नेपाली आदिवासी जनजातिहरुमा स्वविवेकले चल्ने प्रविद्धि नभएर कमारो बुद्धि र झोलेपोके प्रविद्धि हुनु नै प्रखुम कारण हो भन्न सकिन्छ । हुन त नेपालको आदिवासी जनजाति र समग्र आदिवासी जनजाति आन्दोलनको सन्दर्भमा भन्नु पर्दा नेपालमा तीन खाले आदिवासी जनजातिहरु रहेको स्वीकर्नुपर्ने हुन्छ । दुईखाले आदिवासीहरु सरकारी अर्थात् सूचीकृत ५९ (ग्रेट एट अर्थात् ठूलो समूह÷धेरै जनसंख्या भएको र बाँकी थोरै जनसंख्या भएका जातिहरु) भए भने, सूचीकृत हुन बाँकी आदिवासी जनजातिहरु अरु एक खाले भए । जसले जे भने पनि यो वास्तविकता स्वीकर्नैपर्ने हुन्छ । हुन त सूचीकृत ५९ भित्रको ग्रेट एट अर्थात् ठूलो समूह÷धेरै जनसंख्या भएको र बाँकी थोरै जनसंख्या भएका जातिहरुबीच पनि आपूm संलग्न राजनैतिक दल, आआप्mनो व्यक्तिगत स्वार्थ र, व्यक्तिगत टकरावको आधारमा केही मान्छेहरु एताउता गएको÷भएको देखिन्छ । जस्तै डाक्टर ओम गुरुङ ग्रेट एट अर्थात् धेरै जनसंख्या भएको समूहका भए तापनि वर्तमान सरकारभन्दा फरक धारमा उभिएको देखिन्छ ।
निश्चय नै यो पंक्तिकार अरु जस्तो (केही व्यक्तिहरुको घमण्ड) दर्जनौं विषयमा डिप्लोमा, डिग्री, एमफिल र त्यति नै विषमा डक्टरेट ! गरेको व्यक्ति नभएर स्कुलको ढोका समेत नदेखेको र क, ख, ग, घ, … समेत नपढेको व्यक्ति हो ! त्यसो भए तापनि यहाँ स्वर्गीय डाक्टर हर्क गुरुङले लेखेको ‘जनजाती सेरोफेरो’ नामक किताबको पाना नम्बर–२२ मा लेखेको (मैले पढेको !) जनजातीय बित्याँस उप शीर्षकको ‘जनजातीय विविधताको … । छिमेकी भारतको हामीमाथि ठूलो प्रभाव छ, … विविध पक्षमा । त्यस देशको गणतन्त्र दिवसमा प्रदर्शन गरिने विभिन्न झाँकीमध्ये सबभन्दा बढी उफ्रिने टोलीहरु हुन् पन्जाबको भाँगडा र नागाहरुको नाच । तिनीहरुमध्ये “हो” भन्नेहरु राजधानीमा उफ्रदै गर्छन्, “होइन” भन्नेहरु स्वशासनको लागि पड्कदै गर्छन् । हाम्रो पनि राजनैतिक पर्वहरुमा जनजातीय धार्मिक÷सांस्कृतिक झाँकीहरु प्रयोग हँदै आएको छ, तर पड्कनु भने बाँकी छ ।’ भनी लेखेको हरफको याद आयो । सायद हर्क गुरुङले आप्mनो सो लेखमा स्वतन्त्र पञ्जाबको (खालिस्तान–स्वर्ण मन्दिर घटना) आन्दोलन र नागाल्यान्डको नागाल्यान्ड स्वतन्त्रताको आन्दोलनलाई इंगित गर्न खोजेका थिए ।
डाक्टर हर्क गुरुङ हालसम्म पनि जीवितै रहनु भएको भए समग्र नेपालको आदिवासी जनजाति आन्दोलन, विभिन्न राजनैतिक दलमा रहेका तर, आप्mनो जाति, भाषा, धर्म, संस्कार, संस्कृति र समग्र समुदायको हितको लागि केही न केही प्राप्त गर्नका लागि अधिकतम प्रयास गर्नेभन्दा पनि आप्mनो दल र तिनका नेताहरुको हनुमानगिरी गरेर र, झोलेपोके बनेर केही हिस्सामा ‘भाग शान्ति जय नेपाल !’ (व्यक्तिगत स्वार्थका लागि) गर्ने आदिवासी जनजाति मूलका नेताहरुप्रति कस्तो टिप्पणी गर्नु हुन्थ्यो होला ? उनीहरुलाई के भन्न चाहनु हुन्थ्यो होला ? कल्पना मात्रै गर्न सकिन्छ ।