चिसोले जनजीवन कष्टकर

फाइल तस्वीर

इलाम : इलामको माईजोगमाई र सन्दकपुर गाउँपालिकाको माथिल्लो उच्च भुभागमा अधात्याधिक चिसो बढेको छ ।

सिमसिम पानी र बाक्लो भुँइ कुहिरो लागेसँगै चिसो बढेको हो  । चिसोको कारण गाउँघरको जनजिवन कस्टकर भएको छ  ।

सन्दकपुर गाँउपालिकाको माथिलो क्षेत्र सन्दकपुर, देउराली, जौवारी, माबु र माइमझुवा र माईजोगमाई गाउँपालिकाको नयाँ बजार, प्याङ, जोगमाईको तुम्लिङसँगै अन्य माथिल्लो क्षेत्रमा बाग्लो भुँइ कुहिरो सँगै सिमसिमे पानी परिरहेकोले थप जनजीवन प्रभावित बनेको हो  ।

यी क्षेत्रहरुमा गत सातादेखि निरन्तर बाक्लो भुइँ कुहिरो लागेको र हावा नचलेकोले दिउसै अन्धकार भएको छ । यसरी निरन्तर चिसो बढ्दै गएकोले बाहिर निस्केर काम गर्न समेत नसकिएको माईमझुवाका छेपेन राईले बताए ।

अध्याधिक चिसो बढेकोले मानिससँगै गाईबस्तु, भेडाबाख्रा र अन्य पशुपंक्षीको समेत विजोग भएको छ । दैनिक चहलपहल हुने बजारहरु जौबारी, देउराली सन्दकपुर, नयाँबजार, तुम्लिङ, प्याङको पचमी बजारमा मानिसहरुको चहलपहल शून्य छ ।

दैनिक चिसो बढ्दै जान थालेकोले दुहुनो गाई भैंसीले घाँसपराल नखाँदा दूध घटेको किसानहरु बताउँछन् । चिसो बढेपछि स्थानीय डेरीहरुमा किसानले ल्याउने दूध समेत घटेको प्याङ्का डेरि संचालक केशव लुङेगेली बताउँछन् ।

केही समय अगाडी लेकाली भेगमा बर्खे आलु रोपिसकेकोले केही दिनदेखको भुइँ कुहिरो र चिसोले आलु बीउ कुहिने र नउम्रन्ने हुन् कि भन्ने चिन्ता समेत लेकाली किसानलाई थपिएको छ ।ब

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार