रोङमा दश दिने उद्यमशीलता तालिम सुरु


रोङ  : “सामाजिक रूपान्तरणका लागि युवा” भन्ने नाराका साथ जिविकोपार्जनको लागि सुरक्षित र स्व-उद्यमशीलता तालिम रोङ गाउपालिकामा सुरु भएको छ । युवा सशक्तीकरण समूहहरूको क्षमता विकास र परिचालन मार्फत मानव बेचविखन विरूद्ध अभियान अन्तर्गत रोङको वडा नम्बर २,३,४ र ६ मा १० दिवसीय विभिन्न सीपमूलक तालिम हिजोबाट सुरु भएको हो ।

मानव अधिकार मञ्च नेपाल इलामको आयोजना , अन्तर्राष्ट्रिय संघ एडब्लूओ को प्रमुख साझेदार र रोङ गाउँपालिकाको सहकार्यमा तालिम भईरहेको छ । सो तालिममा कुखुरापालन , बङ्गुरपालन , बाख्रापालन र बेमौसमी तरकारी खेती सम्बन्धि सीप प्रदान गरिने युवा सशक्तीकरण सञ्जाल रोङका अध्यक्ष तेजकुमार आचार्यले जानकारी दिए । विभिन्न वडामा सञ्चालन हुने सो तालिमको युवा सशक्तीकरण सञ्जाल रोङले व्यवस्थापन गरेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार