इलाम नगर कोरोनाको उच्च जोखिमा, सामाजिक सञ्जाल मार्फत लकडाउन हुनुपर्ने माग

  नयाँ बुलन्द
0 Shares

इलाम : इलाम नगरपालिका कोरोनाको उच्च जोखिमा परेको छ । जिल्लाको सदरमुकाम समेत रहेको नगर क्षेत्रमा संक्रमितहरुको संख्या बढ्न थालेको हो । आज पनि इलाम नगरपालिकामा १५ जनामा संक्रमण देखिएको छ । २० जनाको परिक्षण गर्न पठाइएकोमा १५ जनामा संक्रमण देखिएको कोभिड फोकल पर्सन बिमल बरालले बताए । गत मंसिर १४ गते समेत इलाममा १८ जनामा संक्रमण देखिएको थियो ।

हालसम्म नगर क्षेत्रबाट परिक्षणका लागि पठाइएको १ हजार ६ सय ६५ जना मध्ये ११७ जनामा संक्रमण देखि सकेको स्वास्थ्य कार्यालयको तथ्यांकले देखाउँछ । २३ जनाको रिर्पोट आउन बाँकी छ । एक जनाको रि पोजेटिभ देखिएको छ । ७२ जना उपचारपछि फर्किएका छन् ।

सिल गर्नुपर्ने चर्को आवाज

यता कतिपय स्थानियले नगर लकडाउन हुनुपर्ने माग गरेका छन ।  धरैले सामाजिक सन्जाल फेसबुकमा इलाम नगरपालिकाले अटेर गरेको लेखेको भनेका छन भने केहीले भने नगरपालिकाको लापरबाहिले इलाममा ठुलो दुर्घनट्ना निमत्याउने बताएका छन् । तर यता नगरपालिकाले भने याे समाचार तयार पार्दा सम्म इलाम नगर लकडाउन गर्ने या नगर्ने भन्ने कुनै पनि आफ्नो आधीकारिक सुचना जारी गरेको छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार