माङसेबुङमा ‘लिम्बू भाषा’ कामकाजी घोषणाको वार्षिक उत्सवमा १ हजार दीप प्रज्वलन (भिडियो सहित)

  नयाँ बुलन्द  1570 पटक हेरिएको

माङसेबुङ : माङसेबुङ गाउँपालिकामा ‘लिम्बू भाषा’ कामकाजी लागू गरिएको वार्षिक उत्सव मनाइएको छ । वडा नम्बर ५ मा स्थानीय ‘लिम्बू भाषा’ लाई कामकाजी घोषणा गरिएको दोस्रो वर्ष पूरा भएको उपलक्ष्यमा शनिबार विभिन्न कार्यक्रम गरी वार्षिक उत्सव मनाइएको हो ।

१ हजार ८ सय ८ वटा दीप प्रज्वलन गरि जनप्रतिनिधि, कर्मचारी, किरात धर्म सम्बद्ध संघसंस्था, सामाजिक संघसंस्था र राजनीतिक दलका प्रतिनिधिहरुले वार्षिक उत्सव मनाएका हुन् । स्थानीय भाषालाई सरकारी कामकाजी बनाएको खुसीयालीमा स्थानीयबासीहरु दीप प्रज्वलन कार्यक्रममा सहभागी भएका थिए । साथै वडा नम्बर ५ को १८ ओटै टोलमा दीप प्रज्वलन गरि हर्षोल्लासका साथ दिपावली गरेका थिए ।

किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ तथा मुहिङगुम अङसीमाङ साँबा पवित्रहाङमा लिङ्देनको उपस्थितीमा वार्षिक उत्सव मनाईएको हो । आयोज कसमितिका संयोजवक गुल्सन आङबुहाङको अध्यक्षतामा र ५ नम्बर वडा अध्यक्ष नरेन्द्रकुमार राईको प्रमुख आतिथ्यतामा भएको थियो ।

कार्यक्रममा किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङ, माङगेन्ना समितिका उपाध्यक्ष होमबहादुर लिङ्देन, गुरु प्रवक्ता डिल्लीराम चाम्लीङ, गुरु निजी आश्रम कृषि तथा भौतिक निर्माण आर्थिक व्यवस्थापन समितिका अध्यक्ष देउमान आङबुहाङ, कानुन व्यवसायी एनएस फागो, किरात धर्म तथा साहित्य उत्थान संघका केन्द्रीय सहसचिव आङबुहाङ अबोध अविरल, लिम्बू विद्यार्थी मञ्चका केन्द्रीय वरिष्ठ उपाध्यक्ष नितेश सिंगक, माङसेबुङ गाउँपालिका कार्यपालिका सदस्य पूर्ण कार्की ढोलीले शुभकामना मन्तव्य राखेका थिए ।

त्यस्तै फाल्गुनन्द बोर्डिङ स्कूलका प्रिन्सिपल जलन आङबुहाङ, रेडियो माङसेबुङका स्टेशन प्रमुख सुमन लावती, नेकपाबाट देवीकुमार योङहाङ, नेपाली कांगे्रसबाट यामकुमार चेम्जोङ, जनता समाजवादी पार्टीबाट किसान खजुम, राष्ट्रिय जनमुक्ति पार्टीका इन्द्र आङदेम्बे, सुरेन्द्र तुम्बाहाङफे, प्रदीप नेयोङ, किरात साम्जीक मुन्धुम युक्सीङ निसामहिमका प्रधानाध्यपक कल्पना लिङ्देन लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

इतिहासमा पहिलो पटक स्थानीय ‘लिम्बू भाषा’ लाई कामकाजी भाषाका रुपमा लागू गरिएको स्मरणमा वार्षिक उत्सव मनाउन थालिएको वडाअध्यक्ष नरेन्द्र राईले बताए । यस्तो ऐतिहासिक कामलाई कसैले नबिर्सियोस् भनेर प्रत्येक वर्ष दिपावली गरी वार्षिक उत्सव मनाउने उनले बताए ।

कार्यक्रममङा धर्मगुरु आत्मानन्द लिङदेनले धार्मिक प्रवचन समेत दिएका थिए ।

कार्यक्रमको स्वागत आयोजक समितका सदस्य धड्कन सम्बाहाङफे राखेका थिए भने सञ्चालन वडा नम्बर ५, का दोभाषे कर्मचारी (वडा सचिव) सुनिल सेर्माले गरेका थिए ।

इलामको माङसेबुङ गाउँपालिका वडा नम्बर ५, मा १३ मंसिर २०७५ मा स्थानीय भाषाका रुपमा ‘लिम्बू भाषा’ लाई  सरकारी कामकाजी भाषाका रुपमा लागू गरिएको थियो । ‘लिम्बू भाषा’ लाई कामकाजी भाषा लागू गरेपछि भाषिक कर्मचारी (दोभासे) को समेत व्यवस्थापन गरेको छ ।

प्रथम वार्षिक उत्सवको भिडियो हेर्नुहोस् :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार