कोरोना संक्रमणका कारण धरानका विकासप्रेमी नेता गजेन्द्र इस्वोको निधन

धरान : कोरोना संक्रमणका कारण धरानका विकास प्रेमी नेता गजेन्द्र इस्वोको निधन भएकाे छ । उनकाे आज बिहान करिब ४ बजे विराटनगर स्थित न्युरो अस्पतालमा निधन भएकाे हाे । क्यान्सर रोगबाट पीडित इस्वोलाई केही साताअघि कोरोना संक्रमण पुष्टि भएको थियो ।

भुतपुर्व बिट्रिश गोर्खा सैनिक संघका पुर्व अध्यक्ष समेत रहेका इस्वो धरानको विकासमा अतुलियन योगदान पुर्याएका उनि सामाजिक सेवा कार्यमा सकृय रहेका थिए । उनि जनता समाजवादी पार्टीको लिम्बूवान राष्ट्रिय समितिको उपाध्यक्ष समेत रहेका छन् ।

केही महिना अघि भएको उप निर्वाचनमा जनता समाजवादी पार्टीका तर्फबाट मेयर पदका उम्मेदवार समेत थिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार