गजुरमुखी धाममा २५ लाख बढीको क्षति

माङसेबुङ : माङसेबुङ गाउँपालिका १ स्थित गजुरमुखी मन्दिरमा गएराति रुख र ढुङ्गा झर्दा २५ लाख बढीको क्षति भएको छ ।

राति अन्दाजी पौने २ बजेतिर रुख र ढुङ्गा लडेर झर्दा मन्दिरको संरचना, विद्युत पोल, फल्दै गरेको बहुमुल्य रुद्राक्ष फल लगायत क्षतिग्रस्त भएको हो ।

सो घटनाबाट २५ लाख रुपैयाँ भन्दा बढीको क्षति भएको माङसेबुङ गाउँपालिका अध्यक्ष डिकेन्द्र इदिङ्गोले जानकारी दिए ।
माथिबाट खसेको ढुङ्गा र रुख स्थानीयले पन्छाएका छन ।

गजुरमुखी जिल्लाको एक प्रमुख धार्मिक क्षेत्र हो । यहाँ भाकल गरे बोली नआउनेको बोली आउने र सन्तान नहुनेको सन्तान हुने धार्मिक विश्वास छ ।

Gajurmukhi

सबै तस्वीर : डिकेन्द्र इदिङ्गोको फेेेसबुकबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार