मंगलबारेको बसपार्क क्षेत्र हिलाम्य, आवतजावतमा समस्या

  बालकृष्ण बस्‍नेत  192 पटक हेरिएको

मंगलबारे (इलाम) : इलामको देउमाई नगरपालिका वडा नम्बर ४ स्थित बसपार्क क्षेत्रको सडक हिलाम्य भएको छ । सडक हिलाम्य भएपछि यात्रुलाई आवतजावत गर्न समस्या परेको छ ।

नगरपालिका कार्यालयबाट करिब १ किलोमिटर टाढा रहेको सो क्षेत्रको सडक बीच भागमा हिलो भरिएको छ । सो सडकमा सवारी साधनहरु फस्ने गरेकाले पार गर्न घण्टौं लाग्ने गरेको यात्रुहरुको भनाई छ । कायालयमा सेवाग्राहीलाई तथा कर्मचारीलाई समेत समस्या हुने गरेको छ ।

यता ४ नम्बर वडाअध्यक्ष राजेन्द्र बाँस्तोलाले पटकपटक खाल्डाखुल्डी पुरेको भएपनि लगातारको वर्षाले समस्या सृजना भएको बताउँदै मौसम अनुकुल हुनसाथ मर्मत गर्ने बताए ।

मुख्यमन्त्री सडक योजना अन्तरगत छनौटमा परेको सो मङ्गलबारे-गजुरमुखी सडकको आवश्यक मर्मतसम्भार गरि यात्रुलाई सहजता प्रदान गर्ने वडाअध्यक्ष बाँस्तोलाले प्रतिवद्धता जनाए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार