प्रेस संगठन इलामद्वारा क्रियाशील संचारकर्मीलाई पीपीई वितरण

  नयाँ बुलन्द
0 Shares

इलाम : कोरोना विरुद्धको लडाईंमा अग्रसर भई खटिरहेका इलामका संचारकर्मीहरुलाई प्रेस संगठन इलामले पर्सलन प्रोटेक्टिव इक्विपमेन्ट (पीपीई) उपलब्ध गराएको छ ।

क्रियाशील संचारकर्मीहरूले जोखिममा स्थलगत रिपोर्टिङमा पुग्नुपर्ने भएकाले पीपीई वितरण गरिएको प्रेस संगठन इलामका संयोजक सुजन तिम्सिनाले बताए । पूर्व प्रधानमन्त्री एवम् इलाम क्षेत्र नम्बर १ का संघीय सांसद झलनाथ खनालको सहयोगमा प्रेस संगठनले पीपीई उपलब्ध गराएको हो ।

आइतबार जिल्ला समन्वय समितिको सभाहलमा सदरकुमामका क्रियाशील संचारकर्मीलाई २५ थान पीपीई वितरण गरेको हो । प्रत्येक संचारमाध्यमलाई एउटा अनिवार्य पर्ने गरि क्रियाशील संचारकर्मीलाई पीपीई वितरण गरिएको संयोजक तिम्सिनाले बताए ।

कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख गणेशप्रसाद वराल, नेपाल कम्यिनष्ट पार्टी (नेकपा) का कार्यालय सचिव नवराज शंकर, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सटेन्ट्र जवुगू र प्रदेश १ का उपाध्यक्ष सोम सुसेलीले संचारकर्मीलाई सुरक्षा र सावधानीका साथ कार्य गर्ने सुझाव दिए ।

प्रसे संगठन इलामका संयोजक तिम्सिनाको अध्यक्षतामा भएको कार्यक्रम सदस्य भगिरथ भण्डारीले गरेका थिए ।

सोमबार फिक्कलका संचारकर्मीहरुलाई पीपीई विरतण गरिने प्रेस संगठन इलामका संयोजक सुजन तिम्सिनाले जानकारी दिए ।

प्रेस संगठनले यसअघि संचारगृह र संचारकर्मीलाई सर्जिकल माक्स र सेनिटाइजर वितरण गरेको थियो

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार