इलाम : पारिवारिक निजि वनको सम्भावना र चुनौति विषयक अन्तरक्रिया कार्यक्रम इलामको देउमाईमा सम्पन्न भएको छ ।
पारिवारिक निजि वन संघ जिल्ला साखा इलामको अायोजनामा शुक्रवार मंगलवारेमा प्रदेश न.१ भुमि व्यवस्था कृषि तथा सहकारि राज्य मन्त्री माननीय राम व रानाको प्रमुख अातिथ्यतामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा ८० वडि पारिवारिक निजि वन किसानको सहभागिता रहेको थियो । शाखा अध्यक्ष रबिन्द्र सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा पारिवारिक निजि वन किसानले कृषि बाली सरह अाफुले रूख वेच्न पाउनु पर्ने माग राखेका थिए । ऐन कानुन नै किसान मारा भएको भन्दै त्यसलाइ सच्याउन सवै पारिवारिक निजि वन किसान संगठित हुनुपर्नेमा किसानको जोड रहेको थियो । कार्यक्रममा मन्त्री रानाले किसानको समस्या समाधान गर्न अाफुले केन्द्र प्रदेश र स्थानिय तहमा प्रयत्न गर्ने भन्दै किसानलाई संगठित हुन सुझाव समेत दिएका थिए ।शाखाका अध्यक्ष रविन्र्द सुवेदिले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा देउमाइ नगरपालिकाकी उपमेयर पुस्पा राई,पारिवारिक निजि वन संघकी केन्द्रीय सदस्य भुमिका अाचार्य,अायोग सदस्य डिक वम्जन,वन कार्यलयका प्रतिनिधि विदुर रेग्मी,पारिवारिक निजि वन किसानहरू देवि प्रसाद गजुरेल,राधाकृष्ण भट्टराइ,सोभा अधिकारी लगायतले अाफ्नो धारणा राखेका थिए ।

















































