कोरोनाको कहर (कबिता)

  कुबेर निरौला
0 Shares

कोरोनाको कहर मान्छेको होईन रहर
के भएर आयो यो जहर
माहामारिको डरलाग्दो भय लिएर ।
मान्छे मान्छे बिचको दुरी बढाएर
किन आयो कोरोना बढबडाएर ।

आमा यता छटपटिमा , छोरो उता सन्त्रासमा
छोरो मेरो ल्याईदेउ भन्दै बाटो हेदै खटपटिमा ।
बल्लतल्ल आयो छोरो क्वारेन्टाईमा कोचि दियो
आमा भेट्नजादा खेरि छोरो त्यहि रुदै थियो ,।

कोरोनाले छोढेन कसैलाई
बरु भेटेन दृलोभित्रका मुसालाई
समात्यो यसले बाहिर डुक्रिनेहरुलाई ।
यसले न भन्यो विपन्न ? न भन्यो धनि
किन गाँज्याृ यसले छानि छानि

यसले के चै बिगारेन र
मान्छेमात्रको जाँगर हरायो
विबेक पनि हरायो
खै यसलेत आफन्तामा पनि बिछोड नै गरायो
योकेखालको काल नै भएर फैलिएर
ससार भर नै डरलाग्दो काल भएरै किन आयो ।
कमाउन भनेर अरब पसेको छोरो
बाकसमा कोचिएर आयो
सबै साधन थन्किए पछि

रातारात उ लखतरान लुकिछिपि भए पनि हिडेर त आयो
छिमेकिहरुले चियो चर्चो गर्न थाले पछि
एकान्त बासमा लखतरान हुदै एकाईश दिन नै बितायो ।
न छोराले बा सग अ(कमाल गरेर माया गर्न नै पायो।
न घरकिले बिछोड पछिको मिलनमा धित मरुन्जेल रम्न नै पाई ।
यो कस्तो बिनाशकार माहामारी मान्छे मात्रको काल बनेर किन आयो??

यो के दैबकै लिला हो कि
समयको खेल हो
अन्तत मान्छे नै निम्त्याएको बिनाशकारी भेल हो ??
नदेखिन्छ , न भेटिन्छि अन्धकारझै सन्त्राश छ ।
न वमले मासिन्छ न बारुद नै नासिन्छ
अरु उपाय केहि भए यो त दैबले नै जान्दछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार