लकडाउनमा सुनसान काठमाडौं (भिडियो/फोटोफिचर)

काठमाडौं : काठमाडौंको मुख्य सडक सुनसान छ । सधैंजसो सावारी साधनको चापका कारण जाम हुने सडकमा अहिले भने सुनसान देखिन्छ । सडकमा कुनै पनि सवारी साधन सञ्चालनमा आएका छैनन् । त्यस्तै मानिसहरु पनि हिंडडुल गरेको देखिँदैन ।

सडकमा अत्यावस्यक सामग्री ढुवानी गर्ने साधनहरु बाहेक अन्य कुनैपनि साधानहरु देखिँदैनन्  । एलपी ग्यास बुलेट गाडीहरु फ्याट्टफुट्ट देख्न सकिन्छ । त्यस्तै खाद्यान्न, तरकारी बोकेका ढुवानीका साधनहरु सहजै सञ्चालनमा आएका छन् ।

अत्यन्त व्यस्त रहने सबै बजारहरु सुनसान छन् । होटल व्यवसायहरु पूर्ण रुपमा बन्द छन् । यस्तै पसलहरु पनि बन्द छन् । सामाजिक दुरी कायम गर्दै प्रहरीले ठाउँठाउँमा सुरक्षा व्यवस्थालाई कडाइ गरेको छ ।

अत्यावश्यक सवारी साधन र ढुवानीका साधनमा यात्रा गर्ने व्यक्तिहरुलाई जाँच गर्ने कार्यलाई प्रहरीले कडाइ गरेको छ । लकडाउनको पूर्ण पालना भएको देखिन्छ ।

हर्नुहोस् भिडियो :

सबै तस्वीर : राम योङहाङ

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार