अन्तर विद्यालय लिग फुटसल : ज्योति विद्या र जुबिल्यान्ट फाइनलमा

  नयाँ बुलन्द
0 Shares

इलाम : ज्योति विद्या मन्दिर र जुबिल्यान्ट इलामइट एकाडेमी इलाममा जारी अन्तरविद्यालय स्तरीय फूटसल लिग प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् ।

बिहीबार भएको पहिलो समिफाइनलमा मन्टेश्वरी बोर्डिङ स्कूललाई ११-६ गोलको फराकिलो अन्तरले पराजित गर्दै ज्योति विद्या फाइनल प्रवेश गरेको हो । ज्योति विद्या बुधबार सम्पन्न लिग चरणको खेलबाट समूह ‘ए’ को विजेता हुँदै सेमिफाइनल प्रवेश गरेको थियो । मन्टेश्वरी समूह ‘बी’ को उपविजेता हुँदै सेमिफाइनल प्रवेश गरेको थियो ।

त्यस्तै दोस्रो सेमिफाइनलमा समता शिक्षा निकेतनलाई ५-१ गोलले पराजित गर्दै जुबिल्यान्ट फाइनल प्रवेश गरेको हो । जुबिल्यान्ट समूह ‘बी’ बाट समूह विजेता र समता समूह ‘ए’ को उपविजेता हुँदै सेमिफाइनल प्रवेश गरेको थियो ।

उपाधिका लागि ‍ज्योति विद्या र जुबिल्यान्टबीचको फाइनल खेल शनिबार विहान ११ बजे संचालन हुनेछ ।

इलाम स्पोर्ट सेन्टर इलामको आयोजनामा भएको प्रतियोगितामा सदरमुकामका ८ नीजि विद्यालयको सहभागिता थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार