
माइजोगमाई : “समृद्धिका लागि सिभिल बैङ्क” भन्ने नाराका साथ संचालित सिभिल बैङ्क लिमिटेडको नयाँबजार शाखाले शारदा आधारभूत विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ ।
बैङ्कको नवौ बार्षिक उत्सवको अवसरमा शुक्रबार नयाँबजार शाखाले माइजोगमाई १ लप्सिबोटेमा रहेको शारदा आधारभूत बिद्यालयका विद्यार्थीहरुलाई स्वीटर बितरण गरेको हो । बैकले उक्त सरकारी बिद्यालयमा अध्यायनरत सम्पूर्ण बिद्यार्थीलाई उनीहरुको नियमित अध्यायनमा सहयोग पुर्याउने उदेश्यले जाडोयाममा बिद्यालय पोसाकमा लगाउन मिल्ने गरी ६३ बिद्यार्थीलाई प्रति विद्यार्थी एक थानका दरले स्वीटर बितरण गरेको हो ।
सो कार्यक्रमलाई संबोधन गर्दै माईजोगमाई गाउपालिका वडा नम्बर १ का वडाध्यक्ष यामकुमार कार्की, विद्यालयका प्रधानाध्यापक मदनकुमार घले तथा विद्यालय व्यवस्थापन समितिका सदस्य धुर्वलाल जोगीले निम्नबर्गीय जनताका छोराछोरीको बाहुल्याता रहेको उक्त बिद्यलयका बिद्यार्थीलाई जाडो याममा न्यनो कपडा बितरण गरेर बैकले प्रसंसनीय कार्य गरेको बताए । सरकारी विद्यालयमा हरेक ब्यक्तिको दायित्व रहेकाले यसलाई व्यवस्थित र व्यावहारिक शैक्षिक केन्द्र बनाउनका लागि सबै जुट्नुपर्नेमा उनीहरुले जोड दिए ।

बैङ्कका नयाँबजार शाखाका शाखा प्रवन्धक मिलन भट्टराईले सिभिल बैकले समाजका हरेक वर्गका जनताहरुको समृद्दिमा सहयोग गर्ने गरेको बताउदै बैङ्कले केहि समय अगाडी पाँचथरको हलिहाङ गाउँपालिकामा दुर्घटनामा परि मृत्यु भएकी माईजोगमाई ५ सोयाङकी सुजता तामाङको परिवारलाई दुर्घटना बिमा बापत ५७ हजार ४ सय८९ रुपैयाँ हस्ताणतरण गर्ने तथा बैकको नवौ बार्षिकोत्सवको अवसरमा यहि मंसिर माईजोगमाई गाउपालिका ६ प्याङ स्थित श्री प्याङ माध्यमिक बिद्यालयमा अध्यायनरत एक छात्रलाई नगद ५ हजारको छात्रबृत्ति प्रधान गर्ने समेत जानकारी दिए ।
गत वर्ष सोहि रकम बराबरको छात्रवृत्ति नामसालिङ्ग माध्यमिक विद्यालयका कक्षा ९ मा अध्यनरत छात्र झलनाथ अधिकारीलाई प्रदान गरिएको थियो । बैङ्कले दुर्गम क्षेत्रमा आफ्नो शाखाबाट बैकिङ सेवाको साथै समाजिक उत्तदायित्व लाई पनि सधै उच्च प्राथमिकतामा राखेको भट्टराईले बताए ।
विद्यालय ब्यवस्थापन समितिका सदस्य धुर्व जोगीको अध्यक्षता, माईजोगमाई गाउँपालिका १ का वडाध्यक्ष यामकुमार कार्कीको प्रमुख आथित्यतामा तथा सिभिल बैक माईजोगमाई गाउपालिका का प्रबन्धक मिलन भट्टराइको बिषेश आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

























































