आत्मानन्द कप : इलामलाई हराउँदै झापा सेमीफाइनलमा (भिडियो सहित)

इलाम : भाङबारी स्पोर्टिङ क्लब झापा इलामको माङसेबुङमा जारी १२ औं संस्करणको आत्मानन्द कप फूटबलको सेमीफाइनलमा प्रवेश गरेको छ ।

बिहीकबार भएको खेलमा इलाम नगर खेलकुद प्रतिष्ठान इलाम विरुद्ध १–० को कष्ठपूर्ण जित निकाल्दै झापाले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको छ ।

जितका लागि झापाका सनम भुजेलले पहिलो हाफमा गरेको गोल नै निर्णाय बनेको थियो । वान भर्सेस वानको पोजिसनलाई समुदपयोग गर्दै भुजेलले जाली चुमाएका थिए ।

खेलकाे म्यान अफ दी म्याच विजेता झापाका सनम भुजेल घोषित भए ।

प्रतियोगिता अन्तरगत शुक्रबार राजाबास युथ क्लब सुनसरी र एएससी अर्जुनधारा झापाबीच खेल हुनेछ ।

किरात धर्मगुरु आत्मानन्द लिङदेनको ६६ औं जन्मोत्सवका अवसरमा आयोजित प्रतियोगितामा इलाम, झापा, सुनसरी, तेह्रथुम, र भारतको दार्जिलिङ गरी ८ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको फाइनल १७ मंसिरमा हुनेछ ।

विजेताले नगद २ लाख १ सय ६६ रुपैयाँ र उपविजेताले नगद १ लाख १ सय ६६ रुपैयाँ पाउनेछन् । त्यस्तै सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट मिडफिल्डर, उदयमान खेलाडी, अनुशासित खेलाडी र बेस्ट कोचरलाई पनि नगद पुरस्कार प्रदान गरिनेछ ।

प्रतियोगिताका विजेता र उपविजेता टिमलाई किरात धर्मगुरु आत्मानन्द लिङदेनको ६६ औं शुभजन्मोत्सवमा १८ मंसिरमा पुरस्कार वितरण गरिने आयोजकले जनाएको छ ।

आत्मा–पवित्र हक्चात यक्चुमको आयोजनामा हुने उक्त प्रतियोगिता सम्पन्न गर्न करिब १७ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । धर्मगुरु लिङदेनको जन्मोत्सवमा वर्सेनी माङसेबुङमा आत्मानन्द कप खेलकुद प्रतियोगिता संचालन हुँदै आएको छ ।

भिडियो हेर्नुहोस् :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार