निस्वार्थ समुहद्वारा डा. तिगेलालाई सम्मान

  निमा पोङस्युवा
0 Shares

धरान : भर्खरै विद्यावारिधिको उपाधि पाएका डा. कमल तिगेलालाई निस्वार्थ समुहले सम्मान गरेको छ ।

समाजिक संजालबाट जोडिएका समूह सामाजिक सेवामा लाग्दै आएको छ।समुहका सल्लाहकार सुमन चेम्जोङको प्रमुख आतिथ्यमा भएको हो।निस्वार्थ समुहले खादा लगाई सम्मान पत्र सहित सम्मान गरेको हो ।

डा. कमल तिगेलालाई त्रिभूवन विश्व विद्यालयले ‘आदिवासी याक्थुङ लिम्बूहरुको पूख्र्यौली भूमी र परम्परागत संस्था’ विषयमा शोधपत्र बुझाएपछि  तिगेलालाई विद्यावारिधीको उपाधि प्रदान गरेको हो।धनकुटाको छथर गाउँपालिका वडा ५ ओख्रे हो । कमल तिगेला किरात याक्थुङ चुम्लुङ केन्द्रिय उपाध्यक्ष समेत हुन। उनि धरानमा चुम्लुङ द्वारा सञ्चालित लागुऔषध दुर्व्यसनि सुधार केन्द्र पूनर्जीवन केन्द्रका निर्देशक पनि हुन ।

सम्मानपछी डा. तिगेलाले निस्वार्थ समुहको प्रशंसा गर्दै समुहको काम समाज शास्त्रसंग सम्बन्धित भएको बताए । आफू समेत २४ वर्ष निरन्तर समाज सेवा तथा सामाजिक क्षेत्रमा लागेको बताए । किरात याक्थुङ पुनर्जीवन केन्द्रका निर्देशक समेत रहेका तिगेलाले नेपालमा ५५ प्रतिशत एचआईभी रहेकोमा हाल सुनसरी मोरङ झापामा ८ प्रतिशत संक्रमित पाउन हम्मे हुने अवस्थामा सुधार भएको तथ्यांक बताए । संक्रमणबाट युगान्डाको हालत हुन्छ भन्ने भय भएको भन्दै आफू स्यम युगान्डा पुगेर अध्ययन गरेको बताए।तर नेपालमा त्यस्तो भयावह अवस्था नभएको बताए ।

आफ्नो शोधपत्र बारे जानकारी दिदै बिश्वमा ३ लाख ७० हजार मिलियन आदिवासी रहेको भन्दै तिनिहरौ आर्थिक रुपले पिडित भएको बताए।यसरी आर्थिक रुपमा पिडित हुनुमा मुख्य कारण आफ्नी भुमी खोसिनु नै मुख्य निष्कर्ष रहेको बताए । आफ्नो शोध लिम्बू आदिवासीको लागि मात्र नभएर बिष्वका आदिबासिको लागि भएको बताए । नेपालमा  बिक्रम सम्बत १८३१ पछि मात्र लिम्बू भएको बताउदै त्यस अघि याक्थुङ्बा भएको बताए । शोधले लिम्बू राज्यले दिएको संज्ञा भएको बताए।लिम्बू समुदायको सामाजिक संस्था चुम्लुङ रहेको भन्दै किरात याक्थुङ चुम्लुङ एनजिओ रहेको बताए । न्याय प्रणाली हानग प्रणाली,आर्थिक संथा फासिक र सांस्कृतिक संस्थ केलाङ भएको बताए।उनको शोधमा समग्रमा लिम्बुवान र त्यस भित्र याक्थुङ लाजे हुनुपर्ने बताए ।

चुम्लुङका सल्लाहकार तथा आदिवासी अभियन्ता नरप्रसाद लुङ्फुङ्बाले निस्वार्थको प्रसंशा गरे। धरान सिर्जनशील भुमी भएको बताउदै यसरी गरिएको कामले युबाहरु स्थापित समेत भएको बताए।धरानमा साहित्य,नाट्य,संगीतको लागि उर्वर भुमी रहेको बताए । पछिल्लो समय बौद्धिकताको क्षेत्रमा कमल तिगेला रहेको भन्दै उहाको बौद्धिकताको साथ सहयोग लिएर अगाडी बढन सकिने बताए ।

चुम्लुङका सचिब तथा समाजवादी धरानका अध्यक्ष ताजुप लिम्बुले निस्वार्थले गरेको सकारात्मक सोचको प्रशंसा गर्दै लिम्बू समुदायका अभियन्तालाई स्थापना गर्ने काम उदाहरणीय बएको बताए ।कमल तिगेलाको बौद्धिकता कहि न कहि महत्त्वपूर्ण हुने बताए ।

निस्वार्थ समुहका सदस्य कुमार प्रधानले सामाजिक संजालबाट जोडिएको समूह आफ्नै सदस्य चित्र याम्फुको उपचारको आर्थिक संकलन गर्ने कामबाट थप प्रेरित भएको बताए।सदस्य याम्फुको मृत्यु भएकाले आमुहले सदस्य साथिको स्मृति ग्रन्थ प्रकाशन गर्ने तयारिमा रहेको बताए ।

कार्यक्रमलाई बिना सुच्चा राईले सन्चालन गरेका थिए।इन्द्र फोम्बोको अध्यक्षतामा भएको सम्मान कार्यक्रममा समुहका बाला याम्फु, स्वबियु सभापति सागर चेम्जोङ, कमल चेम्जोङ, जिनारानी योन्जन, सल्लाहकार जय साम्बाहाम्फे लगायतको उपस्थिति रहेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार