चलचित्र घरजम इलाममा प्रदर्शन (भिडियो सहित)

  नयाँ बुलन्द
0 Shares

इलाम : मौलिक नेपाली कथानक चलचित्र ‘घरजम’ इलाममा विशेष प्रदर्शनी भएको छ । मौसम लिम्बू इम्बुङ (फुलन्देको बाउ) को निर्देशनमा रोमियो फिल्म्स प्रालिले निर्माण गरेको चलचित्र ‘घरजम’ शनिबार प्रदर्शन भएको हो ।

लिम्बू समुदायको विहेबारीसँग सम्बन्धित चलचित्र लिम्बू ‍विद्यार्थी मञ्च इलामको आयोजनामा विशेष प्रशदर्शनी भएको हो ।

मौसम ईम्बुङ (फुलन्द्धादेको बाबु) द्रावा निर्देशित सो चलचित्र सदरमुकामस्थित गौतम बुद्ध सभागृह (सिटीहल) मा प्रर्दशन भएको हो ।

यसअघि घरजम झापाको दमक, विर्तामोड, सुनसरीको धरान, पाँचथरको फिदिम लगयातको स्थानमा प्रदर्शन भइसकेको छ । चाँडै झापाको भद्रपुर, मोरङको विराटनगर, ताप्लेजुङलगायतको स्थानमा समेत प्रदर्शन गर्ने तयारी भइरहेको निर्देशक इम्बुङले बताए ।

करिब ८३ लाखको लगानिमा बनेको चलचित्रको निर्माता किशोरकुमार लिम्बु र सीताकुमारी तुम्वापो हुन भने सहनिर्माताको रुपमा तेज मेन्याङबो रहेका छन् ।

साहित्यकार उपेन्द्र सुब्बाको कथा लेखन रहेको चलचित्र ‘घरजम’ मा युवराज राईको छायांकन रहेको छ ।सो चलचित्रको छायाँकन नेपालका पूर्वी पहाडको पाँचथरलगायतका रमणीय स्थानमा गरिएको छ।

‘घरजम’ मा बुद्धि तामाङ, कुशल थलङ, हेमराज आङछोम्बो, सुस्मा लिम्बु, शृजना सुब्बा, यासेली योङहाङ, रवि शेर्मा, जीवन भट्टराई, किशोरकुमार लिम्बुलगायत कलाकारहरुले अभिनय गरेका छन् ।

सो चलचित्रको ग्रान्ड प्रिमियर गत १५ सेप्टेम्बरमा हङकङमा गरिएको थियो ।

भिडियो हेेेर्नुहोस :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार