मिस स्टेटले देखाए आफ्नो ट्यालेन्ट

  नयाँ बुलन्द
0 Shares

धरान : पुर्वान्चल बागिना कला केन्द्रको आयोजना भैरहेको मिस स्टेट वान – २०१९ का प्रतियोगीहरुले आफ्नो ट्यालेन्ट प्रदर्शन गरेका छन।

धरान ५ माथिल्लो देउराली स्थित वाबु लन्जमा शुक्रवार भएको ट्यालेन्ट शोमा ग्रान्ड फिनालेको लागि छनोट गरुएका १२ जना युबतिहरुले आफ्नो ट्यालेन्ट देखाएका हुन।

छनोटमा परेका १२ जना प्रतियोगी सुनसरीका स्यारोन लिम्बूले लाहानाले जुरायोकी भन्ने गीतमा नृत्य प्रस्तुत गरेका थिए। धनकुटाका प्रतियोगी रजनी लिम्बू युबाको बिषयमा स्पिच दिएका थिए।झापा जिल्लाका प्रतियोगी संगीता चौधरी नृत्य प्रस्तुत गरेका थिए।निशा योगि र नारायणी लिम्बुले गीत गाएका थिए।अकु राईले नारी हिंसाको बिषयमा नाटक प्रस्तुत गरेका थिए। मेघा नेउपाने,धनकुटाका श्रद्धा रिजाल,खोटाङका युनिका राई,उषा राईले कविता सुनाएका थिए।धनकुटाका सिर्जना लिम्बू,सप्तरीका सावित्री झाले आकर्षक नृत्य देखाएका थिए।

१२ जना प्रतियोगीले देखाएको ट्यालेन्टलाई चार जना निर्णायकले अंक दिएका दिएका छन।ट्यालेन्ट शोमा बराह ज्वेलरिका गंगा कालिकोटे,नवीनराज भन्डारी,मिस स्टेट १८ का रमिला बस्नेत,र मिस स्टेट १९ का कोरियोग्राफर मेरिना तुम्सा रहेका थिए।चारै जना निर्णायक मन्डलले दिएको अंक र मुल्यांकनको रिजल्ट भने आगामी असोज १५ गते धरान स्थित सभागृहमा हुने अन्तिम चरनको प्रतियोगितामा सुनाउने बताए।

मिस स्टेट्को अडिसन यहि साउन ४ गतेदेखि भएको हो। मिस स्टेट प्रतियोगितामा प्रथम हुनेले स्कुटर कराउन फस्ट रनरले नगद पचास हजार,सेकेन्ड रनरले नगद पच्चीस हजार प्राप्त गर्ने छ ।

कार्यक्रमलाई थप मनोरञ्जन दिन मदम मगर र बिजय राईले गीत गाएर सांगीतिक माहोल बढाएका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार