इलामका मिर्गौला पीडित समीरलाई इजमको अगुवाईमा ६६ हजार सहयोग

  नयाँ बुलन्द  209 पटक हेरिएको

सहयोग रकम हस्तान्तरण गरिदैं ।

काठमाडौं : दुवै मिर्गौला फेल भएर जिवन मरणको दोसाँधमा छटपटिरहेका इलामका समीर सुब्बा लिम्बूलाई ६६ हजार १ सय रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराईएको छ ।

इलाम  नगरपालिका ४ बोरबोटे घर भई हाल काठमाडौं गल्फुटारमा बस्दै आएका ३२ वर्षीय समीरलाई ताप्लेजुङकी समाजसेवी प्रज्ञा इजमको अगुवाईमा संचालित समीर लिम्बू बचाउन अभियानका क्रममा देश तथा विदेशबाट संकलित सो रकम शनिबार काठमाडौंमा हस्तान्तरण गरिएको हो ।

सो रकम समाजसेवी इजमले विरामी समीरलाई हस्तान्तरण गरिन् ।

समीरको मिर्गौला फेल भएकाले प्रत्यारोपण गर्नका लागि आर्थिक सहयोग गरिएको इजमले नयाँ बुलन्दलाई जानकारी दिइन् ।

यसअघिको उपचारमा करिब १० लाख रुपैयाँ खर्च भइसकेको र मिर्गौला प्रत्यारोपणका लागि अझै २५ लाख रुपैयाँ लाग्ने भएपछि समीरले आफूलाई बचाउन सहयोगको अपिल गरेका थिए ।

सुरुमा निर्भिक अस्पतालमा उपचार गरएका समीर हाल निदान अस्पताल काठमाडौंमा नियमित डाइलाइसिस गराईरहेका छन् । जति चाँडो रकम जम्मा भयो त्यति नै चाँडो मिर्गौला प्रत्यारोपण गर्नुपर्ने भएकाले अझै सहयोगको अपिल गरेका छन् ।

उनको मिर्गौला प्रत्यारोपण भक्तपुर अस्पतालमा हुने जनाइएको छ ।

अलिअलि भएको सम्पति पनि उपचारमा नै सकिएको र अहिले घरको आर्थिक अवस्था कमजोर भएका कारण छोराको उपचारका लागि अपिल गर्नुपरेको समीरका बाबु डम्बरबहादुर लिम्बू बताउँछन् ।

समीरको परिवारले समीरलाई बचाउनका लागि सहयोगको अपिल गर्दै सहयोग गउर्न चाहनेका लागि समीर सुब्बाको नाममा एनआइसीएसिया बैंक गल्फुटार शाखा काठमाडौंमा रहेको बैंक हिसाब नम्बर ६४६२३८७१०७५२४००१ मा जम्मा गरिदिन आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार