सन्दकपुर चिनाउन साहसिक मोटरसाइकल र्‍याली

  नयाँ बुलन्द
0 Shares

झापा : ग्रामीण पर्यटन प्रवद्र्धन र हात्तीदेखि रेडपाण्डासम्मको वासस्थान संरक्षण गर्ने उद्देश्यले शनिबार झापाको काँकरभिट्टादेखि इलामको सन्दकपुरसम्मको साताव्यापी मोटरसाइकल र्याली शुरु भएको छ ।

नेपाल, भारत र भुटानका सहभागीलाई १ नम्बर प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण संसदीय विकास समितिका सभापति सीता थेबेले बिदाइ गरेकी थिइन् । उनले यो र्यालीले सरकारको सन् २०२० लाई भ्रमण वर्षको रूपमा मनाउने घोषणालाई समेत टेवा पुग्ने विश्वास व्यक्त गरिन् ।

सरकारले घोषणा गरेको पर्यटन वर्षलाई सफलता रूपमा प्रचारप्रसार गर्नका लागि टेवा गुग्ने हेतुले प्रदेश सरकारले सहयोग गरेको उनले बताइन् । नेपालकै बाटो भएर विदेशी पर्यटकलाई पूर्वी पहाडका धार्मिक एवम् पर्यटकीय क्षेत्र पुग्न सकिन्छ भन्ने सन्देश दिन पनि मोटरसाइकल र्याली आयोजना गरिएको र्याली आयोजक मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन समितिका कार्यकारी निर्देशक केशव द्यौरालीले बताए ।

पर्यटन कार्यालय काँकरभिट्टाबाट शुरु भएको र्याली २७ गते साँझ इलामको सन्दकपुर पुग्ने उद्घाटनका क्रममा कार्यकारी निर्देशक द्यौरालीले जानकारी दिए । ‘हात्तीदेखि रेड पाण्डासम्म’ भन्ने उद्घोषका साथ मोटरसाइकल र्याली शुरु भएको हो ।

कार्यक्रममा बोल्दै १ नम्बर प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव बद्रीराज ढुङ्गानाले पनि आफ्नो भनाइ राखेका थिए ।

प्रदेश सांसद श्रीप्रसाद मैनालीले पर्यटन क्षेत्रमार्फत् धेरैले प्रत्यक्ष रोजगारी पाएको तथा पर्यटक नेपाल आएकै कारणले नेपाली हस्तकला तथा नेपाली उत्पादनले राम्रो बजार पाएको बताए । मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले मेचीनगर नगरपालिका आफ्ना नगरभित्रका पर्यटकीय क्षेत्रको विकासका लागि जुटेको बताए । र्यालीको सहजीकरण गरिरहेको ग्रीन जेनेरेशनका अध्यक्ष अर्जुन कार्कीले ठाउँठाउँमा नेपाली कला र संस्कृति झल्किने साँस्कृतिक कार्यक्रमसहित रेड पाण्डाको वासस्थानका बारेमा स्थानीयसँग छलफल गरिने बताए ।

प्रदेश पोर्टलबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार