बालिका हराएको सूचना ! छोरी सम्झेर १ सेयर गरिदिनुहोला ! १ सेयर ले छोरी भेटिन सक्छिन !

  नयाँ बुलन्द  170 पटक हेरिएको

बहिनी हराएको सुचना ! सुर्योदय न.पा. १( साबिक गोर्खे ५) कि अन्दाजी १३/१४ वर्षीया कक्षा ९ मा पढ्ने हाम्री प्यारी बहिनी श्रेया कटुवाल यहि सोमबार जेठ ६ गते काठमाौैं बसुन्धराबाट विद्यालय जान्छु भनी हिँडेको तर बाटैबाट हराएको र हालसम्म सम्पर्कमा नआएको हुँदा देख्न हुने महानुभावहरुले फोन नम्बर ९८६२६५६७५० र ९८०४९६७४५० मा सम्पर्क गरिदिन हुन अनुरोध छ । बहिनी कहि कतै भए चाँडो सम्पर्कमा आउ । कृपया १ सेयर गरेर सहयोग  गरिदिनुहोला !

काठमान्डौ : काठमाण्डौबाट सोमबार बिहान स्कुल जना भनेर तयार भएकी सुर्योदय नगरपालिका १ गोर्खेकी १४ श्रेया कुटवाल सोमबारदेखि हराएकी छिन ! काठमान्डौ को बसुन्धारा मा रहेको साउथ वेस्टन स्कुलमा  कक्षा ९ मा अध्ध्यनरत थिइन ! उनि घरबाटै हरेको परिवारले बताएका छन !

सोमबार बिहान ६ बजे स्कुल जान तयार भएकी श्रेयाको विद्यालय पोसाक भने कोठामै भेटिएको छ। मामा टेकराज खत्रीको घरमा बस्दै आएकी कटुवाल बसुन्धाराको साउथ वेस्टन स्कुलको कक्षा ९ मा अध्यानरत थिइन् । बिहानै ल्यापटप बोकेर घरबाट हिँडेकी श्रेया रातिसम्म घर नफर्किएको दिदी अनिता कटुवालले जानकारी दिइन्।

उनलाई खोज्न श्रेयाका बाबु अम्बिर कुटुवाल काठमाडौं पुगेका छन्। बालिकाले फोन भने कोठामै छोडेको दिदी अनतिाको भनाइ छ। श्रेया बसेको स्थानबाट उनले बढ्ने विद्यालय दुई मिनेटको दुरीमा छ। अनिताले भनिन्, ‘उपत्यकाका सीसी क्यामेरामा उनलाई कतै देखिएन।’ परिवारले उनको खोजीका लागि प्रहरीलाई सोमबारनै जानकारी दिएको अनिताले बताइन्। आमा लोकमाया कटुवाल छोरी हराएपछि तनावमा छन्। उनले छोरीको खोजीका लागि पहल गरिदिन सबैलाई अनुरोध गरेकी छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार