ससफो झापा जिल्ला समन्वय समितिमा राई निर्वाचित

  नयाँ बुलन्द
0 Shares

झापा : सङ्घीय समाजवादी फोरम नेपाल झापा जिल्ला समन्वय समिति अध्यक्षमा दिपेन बाला राई निर्वाचित भएका छन् ।

मंगलबार झापाको दमकमा सम्पन्न समन्वय समिति गठनको निर्वाचनमा राई निर्वाचित भएका हुन् । त्यस्तै उपाध्यक्ष, सचिव, सह-सचिव र कोषाध्यक्षमा क्रमश: संगिता रौनियार, सिबेन सोराली मगर, अर्जुन राई र बालकुमार भुजेल निर्विरोध चयन भए ।

गठित जिल्ला समन्वय समिति ४५ सदस्यीय रहेको छ । जिल्ला समन्वय समितिले झापाका ५ प्रतिनिधि सभा र १० प्रदेश सभा क्षेत्र समन्वय समिति गठन गर्नेछ ।

कार्यक्रमको उद्घाटनशत्रमा पार्टीका महासचिव रणध्वज कन्दङ्वा, राजनीतिक समिति सदस्य प्रवीण चाम्लिङ, केन्द्रीय सदस्यहरु आर सी तुम्बा, लोकसागर साम्बा, राधा थापा, भक्त खेवाङ, प्रेमदीप थाम्सुहाङ, १ नम्बर प्रदेश अध्यक्ष भुपेन्द्र नेम्बाङ, मुख्य सचिव सनबहादुर राई, सचिव कमन देवान, सदस्य बिनोद नेम्बाङ, महिला फोरम केन्द्रीय सदस्य शशी लिङ्देन लगायतले शुभकामना दिएका थिए । निवर्तमान झापा जिल्ला अध्यक्ष धिरेन लावतीको अध्यक्षतामा सम्पन्न भेलामा सचिव सुशील राईको सन्चालन रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार