नयाँ वर्ष २०७६ साल आजबाट सुरु

  नयाँ बुलन्द
0 Shares

इलाम : नयाँ वर्ष २०७६ साल आजबाट शुरु भएको छ । विक्रम संवत् अनुसार वर्ष २०७५ साललाई बिदा गरी वर्ष २०७६ साल आजबाट शुभारम्भ भएको हो ।

आपसमा शुभकामना आदानप्रदान, भेटघाट, खानपिन र रमाइलो गरेर नयाँ वर्षको स्वागत गरिँदै छ ।

विक्रम संवत हिन्दू पञ्चाङ्गमा आधारित पात्रो हो, जुन प्राचीन हिन्दू परम्परा, वैदिक समय र सूर्यसँग सम्बन्धित रहेको मानिन्छ ।

यो पात्रो नेपाल, भारत, श्रीलंका र बंगलादेशमा पनि प्रयोगमा रहेको छ । बंगलादेशमा त वैशाख १ लाई नै नयाँ वर्षको रुपमा मनाउने गरिन्छ ।

सूर्य मीन राशीबाट मेष राशीमा प्रवेश गर्ने वैशाख संक्रान्तिका दिन मनाइने नयाँ वर्षमा स्नान, दान, गरे पूण्य प्राप्त हुने धार्मिक विश्वास छ ।

प्रत्येक व्यक्तिले गतवर्ष गरेका कामको सफलता/असफलता मूल्यांकन गरी असफलता दोहोरिन नदिने र सफलता प्राप्त गर्न यस दिन योजना निर्माण एवं सत्संकल्प गर्दछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार