माईभ्याली गोल्डकप : दार्जिलिङको विजयी सुरुआत (भिडियो सहित)

इलाम : इलाममा अन्तरराष्ट्रिय आमन्त्रण माईभ्याली गोल्डकप फूटबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगितामा पाहुना टोलि युनाईटेड क्लब दार्जिलिङ भारतले विजयी सुरुआत गरेको छ ।

आयोजक माईभ्याली फूटबल क्लब इलामविरुद्ध १–० को संघर्षपूर्ण जित निकाल्दै दार्जिलिङले विजयी सुरुआत गरेको हो । प्रतिष्पर्धात्मक खेलमा निर्धारित समयको इन्जुरी समयमा दार्जिलिङका देवासिस राइले गोल गरी टिमलाई जित दिलाएका थिए ।

म्यान आफ द म्याच पनि विजेता दार्जिलिङका वाङदेन तामाङ घोषित भए । उनले नगद १० हजार प्राप्त गरे । प्रतियोगिताको उद्घाटन प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले गरेका थिए ।

प्रतियोगिता अन्तरगत सोमबार हिमालयन शेर्पा क्लब काठमाडौं र नेप्लीज फूटबल एकाडेमी हङकङबीच हुनेछ ।

यस संस्करणमा नेपाल, भारत, हङकङ र क्यामरुनका गरि १० टिमको सहभागिता रहनेछ । यसपटक दाउफिन्स क्लब क्यामरुन, नेपाल फूटबल एकाडेमी हङकङ, त्रिभुवन आर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरीको (एपीएफ), हिमालयन शेर्पा क्लब काठमाडौं, थ्रीस्टार क्लब ललितपुर,दाजिलिङ युनाईटेड क्लब भारत, मेची नेत्रालय झापा र आयोजक माइभ्याली फूटबल क्लबको सहभागिता रहनेछ । प्रतियोगिताको फाइनल आगामी ५ चैतमा हुनेछ ।

प्रतियोगिताको विजेताले नगद ७ लाख र उपबिजेताले ४ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । २०७१ सालदेखि सुरु गरिएको माईभ्याली गोल्डकप माइभ्याली गोल्डकप पूर्वी पहाडमै सबैभन्दा बढी धनराशि पुरस्कार को प्रतियोगिता हो ।

पूरा खेलको भिडियो हर्नुहोस् :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार