साहित्यकार वैद्य पुरस्कृत

  नयाँ बुलन्द  84 पटक हेरिएको

धनगढी : इलामका साहित्यकार विमल वैद्य पुरस्कृत भएका छन् । सुदुर पश्चिमाञ्चल साहित्य समाज कैलाली धनगढीले स्थापना गरेको देवकान्त प्रतिभा पुरस्कारबाट वैद्य पुरस्कृत भएका हुन् । वैद्य ११ हजार रुपैयाँ नगदसहित पुरस्कृत भएका हुन् ।

वैद्यलाई शनिबार धनगढीमा आयोजित कार्यक्रममा सुदुर पश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीबाट पुरस्कृत भएका हुन् ।

वैद्य मोफसलमा बसेर नेपाली कविता र काव्य क्षेत्रमा क्रियाशील छन् । उनले ‘आकाश छुने मनहरु २०६०’, ‘समय र सपनाहरु २०७२’ र ‘अक्षर सिम्फोनी २०७५’ कृतिहरु प्रकाशित गरी नेपाली साहित्यमा योगदान गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार