सुकिलुम्बा विमानस्थललाई छुट्टियो बजेट

इलाम बासीको जहाज चड्ने सपना पूरा हुने

इलाम : इलाम जिल्लाको सदरमुकामस्थित फाल्गुनन्द विमानस्थलको निर्माण सम्पन्न गर्नको लागि ११ करोड ३० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

फागुन १४ गते राइजिङ नेपाल नामक अंग्रेजी दैनिक पत्रिकामा एरोडोमिक इन्जिनियरिङ डिपार्टमेन्टले इलाम लगायत देशको ५ अन्य विमानस्थलको सुधारको लागि बोलपत्र आव्हान गरेको हो ।

यसै अन्र्तगत इलामको फाल्गुनन्द विमानस्थलको रनवे मजबुत बनाउनका साथै ट्याक्सी वे, एप्रोन लगायत अन्य कार्यको लागि सो बोलपत्र आव्हान गरेको हो ।

यो विज्ञापन सामाजिक संजालमा पोष्ट भए लगतै धेरै इलामेहरुबाट अब इलामको एयरपोर्टको निर्माण कार्य अघि बढ्नेमा आशावादी भएको बताएका छन् ।

इलाम नगरपालिकाको प्रमुख पहल र इलाम जिल्ला निर्वाचन क्षेत्र नं. २ का संघीय सांसद सुवासचन्द्र नेम्बाङको पहलबाट निर्माणाधिन विमानस्थलको लागि जिल्लाबासीको तर्फबाट बारम्बार माग भए बमोजिम बजेट विनियोजन भएकोमा खुसी व्यक्त भएको छ ।

दशक अघि विमानस्थल निर्माण र जग्गा अधिकरणको लागि सानोतिनो रकम सहयोग गरेका जिल्लाका सामाजिक संस्था एवम व्यक्तिहरु अहिले विमानस्थललाई पुर्णता दिनको लागि सरकारले बजेट उपलब्ध गराएकोमा अभार भएको  बताएका छन् ।

हुनत इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले यस विमानस्थल निर्माण सम्पन्न गर्नको लागि आफ्नो स्थानिय निर्वाचन दौरानदेखि नैं मुद्दा बनाउँदै आएका थिए । उनको यो कार्यमा विभिन्न पक्षबाट असफल योजना भनेर आलोचना भईरहदा पनि उनी यसै कार्यको लागि दत्तचित्त भएर लागेको कारण अबको केही वर्षमा इलाम सदरमुकाममा विमान सेवा संचालन हुनेमा नगरबासीमा हौसला छाएको छ ।

इलाम नगरका प्रमुख बस्नेतले स्थानीय चुनावमा इलाम नगरबासीसँग गरेको वाचा अनुरुप हालै मात्र इलाम झापा जोड्ने फास्ट ट्रयाक समेत संचालनमा आएको छ । इलाम बजारलाई समृद्ध बनाउनको लागि आवश्यक यो मार्ग पुर्णरुपमा संचालनमा आउन साथ नगरको सुक्दै गएको व्यवसाय तथा व्यापारमा पुनरावृत्ति हुने व्यवसायीहरु बताउँछन् ।चियाबाारी दैनिकको सहयोगमा 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार