नाट्य क्षेत्रको प्रवर्द्धनका लागि सरकार सकारात्मक : प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार नाट्य क्षेत्रको प्रवद्र्धनका लागि सकारात्मक भएको बताएका छन् । अन्तर्राष्टिय नाटक महोत्सवको उद्ध्घाटन गर्दै प्रधानमन्त्री ओलीले मंगलबार सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री ओलीले नेपालमा नाटकको सम्भावना धेरै देखिएको उल्लेख गर्दै यसका लागि सरकारले पूर्ण रुपमा सहयोग गर्ने बताएका छन् । “नेपालमा नाटकको भविष्य राम्रो देखेको छु । चाहे नाटक लेखनी क्षेत्रमा होस वा अभिनय गर्नेको क्षेत्रमा अथवा दर्शकको क्षेत्रमा किन नहोस यो विधा धेरैको रुचीको बिषय भएको छ” प्रधानमन्त्री ओलीले भने,े “नाट्य क्षेत्रको विकासका लागि सरकारले बजेटको पनि विनियोजन गरेको छ ।”

प्रधानमन्त्री ओलीले नाट्य विधा समाज परिवर्तनको एउटा महत्वपूर्ण क्षेत्र भएको उल्लेख गरेका छन् । नाट्यले समाजको वर्तमान र भविष्य पनि देखाउने प्रधानमन्त्री ओलीले बताए । “नाट्य विधा समाजको ऐना पनि हो टर्च लाइट पनि हो ” प्रधानमन्त्री ओलीले भने “ऐनाले वर्तमान देखाउछ । टर्च लाइटले भविष्य ।”

अनामनगर स्थित मण्डला नाटक थिएटरमा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले सँस्कृतिविद्ध सत्यमोहन जोशी सहित १२ जना स्रष्टालाई सम्मान गरेका छन् । जोशीले लेखेको सुनकेसरी पुस्तकको पनि प्रधानमन्त्री ओलीले बिमोचन गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार