माइजोगमाईले गर्यो १२ वटा विवादको समाधान

  नरेन इलामेली
0 Shares

माइजोगमाई : इलामको माइजोगमाई गाउँपालिकाले एक वर्षको अवधिमा १२ वटा विवादको मेलमिलापको माध्यमबाट समाधान गरेको छ। गाउँपालिकामा गठन भएको न्यायिक समितिले एक वर्षमा समितिमा दर्ता भएका २० वटा विवाद मध्ये  १२ वटा विवादको समाधान  भइसकेको र ८ वटा बाँकी रहेको गाउँपालिकाका सामाजिक विकास शाखा प्रमुख श्याम सेम्बोले जानकारी दिए।
एक वर्षको अवधिमा न्यायिक समितिको ११ पटक बैठक बसेको समितिको तथ्याङ्कमा उल्लेख गरिएको छ। हाल समितिले इजलास सहितको मेलमिलाप केन्द्र निर्माण गरि कार्य सञ्चालन गर्दै आएको प्रमुख सेम्बोले बताए। वडास्तरमा समेत न्यायिक समिति गठन भइसकेकाले  धेरै जसो विवाद वडामै मिल्ने भएकाले गाउँपालिका स्तरिय न्यायिक समितिमा  कमै मुद्दा दर्ता हुने गरेको  गाउँपालिकाका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक सावित्रा भट्टराईको भनाई छ।
स्थानीय सरकार सञ्चालन एेन २०७४ को व्यवस्था अनुसार हरेक स्थानिय तहमा उपाध्यक्ष तथा उपप्रमुखको संयोजकत्वमा न्यायिक समिति रहने प्रावधान छ। सो समितिले एेनको दफा ४७ को उपदफा १ र २ मा व्यवस्था भएका विवादहरु  मेलमिलाप र निरुपण गर्ने व्यवस्था एेनले गरेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार