माङसेबुङ : इलामको माङसेबुङमा जारी पवित्रहाङमा गोल्डकपको नवौं संस्करण पूटबल प्रतियोगितामा लेटाङ फुटबल क्लब लेटाङ मोरङ फाइलनमा प्रवेश गरेको छ ।
सोमबार भएको अन्तिम सेमीफाइलनमा कन्काइ ११ झापालाई ४-० को सहज जित दर्ता गर्दै लेटाङले फाइलनको यात्रा तय गरेको हो ।
पहिलो हाफमा २ गोल गरेको लेटाङले दोस्रो हाफमा पनि २ गोल गर्दै टिमलाई ४-० को सहज जित निकालेको थियो । सुरुवातमा नै आक्रामक खेल प्रदर्शन सुरु गरेको लेटाङले खेलको २२ औं मिनेटमा नै पहिलो गोलको खाता खोलेको थियो । लेटाङकी साबित्रा मगरले पहिलो गोल गरेकी थिइन् । त्यसको ३ मिनेट पनि बित्न नपाउँदै २५ औं मिनेट पुन सावित्राले नै गोल गरी अग्रता दोब्बर बनाइन् ।
दोस्रोहाफमा पनि लेटाङले सुरुवातमै गोल गर्न सफल बन्यो । खेलको ४० औं मिनेटमा हिना रानाले गोल गरी अग्रता ३-० मा पुर्याइन् । ४५ औं मिनेटमा पुन लेटाङकै इमा राइले गोल गरी टिमलाई ४-० को जित निश्चित गराएकी थिइन् । खेलको म्यान अफ दी म्याच उपविनजेता कन्काइ ११ झापाकी गंगा राई घोषित भइन् ।
लेटाङले अब उपाधिका लागि २ फागुनमा हुने फाइलनमा डिफेन्डिङ च्याम्पियन माङसेबुङ युथ सोसाइटीसँग प्रतिष्पर्धा गर्नुपर्नेछ । माङसेबुङ युथ सोसाइटी आइतबार भएको पहिलो सेमीफाइलनमा विजेता बन्दै फाइलन प्रवेश गरिसकेको छ ।
माङसेबुङ युथ सोसाइटी यसअघिका लगातार दुई पटकको विजेता टिम हो । २०७३ मा भएको सातौं र २०७४ मा भएको आठौं संस्करणको पवित्रहाङमा गोल्डकपको उपाधि माङसेबुङ युथ सोसाइटीले जितेको थियो ।
फूटबल प्रतियोगिताका विजेताले नगद ६३ हजार एक सय ६३ रुपैयाँ र उपविजेता टिमले नगद ३५ हजार एक सय ६३ रुपैयाँसहित ट्रफि, मेडल र प्रमाणपत्र पाउनेछन् । त्यस्तै सर्वा्धिक गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट गोलकिपरले जनही तीन हजार एक सय ६३ रुपैयाँ प्राप्त गर्नेछन् ।
किरात साम्यो हक्चात यक्चुम माङसेबुङ इलामको मुख्य संयोजनमा संचालित प्रतियोगितामा इलाम, झापा, मोरङ र सुनसरीका ८ महिला टीमको सहभागीता थियो ।
किरात धर्मगुरुआमा मुहिगुम अङसीमामाङ साबा पवित्रहाङमा लिङदेनको ६३ औं जन्मोत्सवको अवसरमा आयोजित गोल्डकपमा फूटबलका साथै अन्य विभिन्न खेलहरु पनि हुनेछन् । अन्य खेलहरुमा म्याराथुन दौड, छेलो (पक्लुङ), म्युजिकल चियर, हाँडी फुटाउने, लठ्ठा तान्नेलगायतका खेलहरु सञ्चालन हुनेछन् ।
म्याराथुनमा प्रथम हुनेले नगद पाँच हजार एक सय ६३, द्वितीय हुनेले चार हजार एक सय ६३, तृतीय हुनेले तीन हजार एक सय ६३ र चौथो हुनेले दुई हजार एक सय ६३ रुपैयाँ मेडल र प्रमाणपत्र पाउँनेछन् । छेलो (पक्लुङ) मा प्रथम हुनेले नगद एक हजार पाँच सय ६३ र द्वितीय हुनेले एक हजार ६३ रुपैयाँ मेडल र प्रमाणपत्र पाउँनेछन् ।
म्युजिकल चियरमा प्रथम हुनेले नगद एक हजार पाँच सय ६३ र द्वितीय हुनेले एक हजार ६३ रुपैयाँ, मेडल र प्रमाणपत्र पाउँनेछन् । हाँडी फुटाउनेमा प्रथम हुनेले नगद एक हजार ६३ रुपैयाँ साथमा मेडल र प्रमाणपत्र पाउँनेछन् । त्यस्तै लठ्ठा तान्नेमा प्रथम हुनेले नगद तीन हजार ६३ र द्वितीय हुनेले नगद दुई हजार ६३ रुपैयाँ, मेडल र प्रमाणपत्र पाउँने आयोजकले जनाएको छ ।
अन्य विधाका सबै खेल आगामी २ फागुनमा हुनेछ ।