स्वास्थ समस्या जटिल बनेपछि डा. केसीलाई जिल्ला आस्पतल इलाम सारिने

  नयाँ बुलन्द
0 Shares

इलाम : स्वास्थ्य क्षेत्र सुधारको माग गर्दै आन्दोलनरत डा. गोविन्द केसीकोे आज पाँचौ दिन पनि सत्याग्रह जारीे छ ।

पुस २५ गतेदेखि सत्याग्रहमा बसेका केसीको स्वास्थ्यमा भने समस्या दिनप्रति दिन बढ्दै गएको छ ।

१६ औं सत्याग्रहकाे पाँचौ दिनमा आईपुग्दा गोबिन्द केसीको स्वस्थ्य स्थितिमा थप जटिलता हुँदै जादा मुटुको चाल अनियमित र छातीको संक्रमणले बडि समस्या बनाएकाले केसी लाई भोलि बिहानै सत्याग्रह स्थलबाट इलाम जिल्ला अस्पताल सारिने केसीका सहयोगी स्थानीय डा.रामकृष्ण आचार्यले जान्कारी दिए ।

तर उनको विंग्रदो स्वास्थ्यस्थिती बारे पनि आधिकारिकरुपमा कसैले चासो दिएका छैनन् ।

स्वास्थ्य र शिक्षालाई व्यपारीकण गर्न नहुने अडान राख्दै आएका डा. केसीको माग सुनुवाई नभएपछि अर्को सत्याग्रह थालेका हुन ।

स्वास्थ्य र समसाहिक विषयका ७ बुँदे माग केसीको रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार