चर्चित बाल गायक मनिष लिम्बू पुस १८ गते इलाम आउँदै

मनिष लिम्बूलाई आर्थिक सहयोग गरिने

  राम योङहाङ  214 पटक हेरिएको

इलाम : चर्चित बाल गायक मनिष लिम्बू आगामी १८ पुषमा इलाम आउने भएका छन् । पछिल्लो समय सामाजिक संजालमा भाइरल बनेका लिम्बू पहिलोपटक इलाम सदरमुकाम आउन लागेका हुन् ।

सुनुयुमा विकास संस्थाको आयोजनामा हुने वृहत साँस्कृतिका कार्यक्रममा सांगितीक प्रस्तुतीका लागि इलाम सदरमुकाम आउने भएका हुन् । उनका साथमा गायक तथा संगीतकार सुहाङ लिम्बू समेत आउने भएका छन् ।

सदरमुकामस्थित राहसल बाल अनाथलयको भवन निर्माण सहयोगार्थ पुस १८ गते सुनुयुमा विकास संस्था माङसेबुङको आयोजनामा वृहत साँस्कृतिक कार्यक्रम हुने भएको हो । दिउँसो २ बजेदेखि सुरु हुने साँस्कृतिक कार्यक्रममा मनिष र सुहाङका साथमा स्थानीय कलाकारहरुको समेत प्रस्तुती रहने आयोजकले जनाएको छ ।

कार्यक्रममा संकलन भएको रकम रासहल बाल अनाथलयको भवन निर्माणका लागि उपलब्ध गराईने सुनुयुमा विकास संस्थाका अतित योङहाङले जानकारी दिए ।

कार्यक्रमको मिडिया पार्टनर नयाँ बुलन्द डटकम रहेको छ । कार्यक्रमकफ प्रत्यक्ष प्रशारण नयाँ बुलन्द डटकम नयाँ बुलन्द टिभी युट्युब च्यानलबाट एकैसाथ बाट हुनेछ ।

मनिष लिम्बूलाई आर्थिक सहयोग गरिने

यसैबीच सोही कार्यक्रममा बाल गायक मनिष लिम्बूलाई आर्थिक सहयोग गरिने भएको छ । लिम्बूको घर निर्माणका लागि समाजसेवीहरुबाट संकलित रकम हस्तान्तरण गरिने सहयोग अभियानकी बुद्धमाया सोङमीले जानकारी दिइन् ।

बाल गायक मनिषलाई सहयोग गर्न चाहनेहरुबाट संकलित रकम साँस्कृतिका कार्यक्रमको अवसरमा वितरण गर्न लागिएको सोङमीले बताइन् ।

मनिष लिम्बूको घर निर्माणका लागि विभिन्न क्षेत्रबाट आर्थिक सहयोग जुट्ने क्रम जारी छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार