पाँचथरको फाल्गुनन्दमा याक्थुङ लोकवार्ता कार्यक्रम

पाँचथर : पाँचथरको फाल्गुनन्द गाउँपालिका २ याम्बोङ (इम्बुङ) मा शुक्रबार विभिन्न चरणमा याक्थुङ लोकवार्ता कार्यक्रम सम्पन्न भएको छ ।

पहिलो चरण कार्यक्रममा अन्तरदेशीय काव्यिक कार्यक्रम साहित्य रचना वाचन र समालोचनामा कार्यक्रम सिक्किमका रूपलाल खाम्दाकको अध्यक्षतामा सम्पन्न भएको थियो ।

त्यस्तै दोस्रो चरणमा फाल्गुनन्द गाउँपालिका प्रमुख अमरकुमार नेम्बाङको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको विशेष अतिथि प्रा. डा. भरतराज सुब्बा र नाम्ची कलेज सुखीमका प्रा. डा. बिएल खाम्दाक रहेका थिए ।

प्रमुख अतिथि नेम्बाङले आफ्नो मन्तव्यका क्रममा लिम्बू बाहुल्य रहेको गाउँपालिकामा भएको कार्यक्रम अत्यन्तै प्रभावकारी भएको बताएका थिए ।

उनले फाल्गुनन्द गाउँपमलिकाको लागि दस जना लिम्बू भाषा शिक्षकहरू नियुक्ति गर्न बजेट समेत विनियोजन भइसकेकाले चाडैं ऐतिहासिक रूपमा शिक्षक नियुक्ति गर्ने तयारीमा रहेको बताए ।

कार्यक्रममा मलिसा याक्थुम्वाले याक्थुङ लोकवार्ता अवधारणा पत्र प्रस्तुत गरेका थिए । याक्थुङ लोकवार्ता भन्नाले याक्थुङ लाजे भित्र वसोबास गर्ने जातिहरूको लोक जीवनसँग सम्बद्ध कला, भाषा, लिपि, साहित्य, ईतिहास, कर्मकाण्ड, संस्कार, संस्कृति, पुरातत्व, भेषभूषा, संगित, खानपान, पेशाव्यवसाय, ज्ञानसीप लगायतका कुरालाई सम्झनुपर्ने कार्यक्रमको निष्कर्ष थियो ।

यसैबीच कार्यक्रमबाट ९ सदस्यीय याक्थुङ लोकवार्ता प्रारम्भिक समिति र १३ सदस्यीय सचिवालय सदस्य गठन भएको छ ।

प्रारम्भिक समितिका संयोजकमा मलिसा याक्थुम्वा (नेपाल), उपसंयोजकद्वयमा डिल्ली लिङदम (नेपाल) र रूपलाल खाम्दाक (भारत), महासचिव शेरबहादुर लिम्बू (नेपाल), सचिवद्वयमा मोहनचन्द्र साम्बा (नेपाल) र सन्तोष तेरापी (भारत), सहसचिव दिल पाक्सावा (नेपाल), कोषाध्यक्ष निशा लोवा (नेपाल) र सहकोषाध्यक्ष लाहाङ वाखिम (भारत) चयन भएका छन् ।

यस्तै सचिवालय सदस्यहरुमा मलिसा याक्थुम्वा, शेरबहादुर लिम्बू, निशा लोवा, मधुराज केरूङ, लक्ष्मण लावती, सुरेन्द्र केरूङ, लालबहादुर नेम्बाङ, सागर नेम्बाङ, राम लावती, सुनिता नेम्बाङ, कला चेम्जोङ, सरस्वती नेम्बाङ र कविता तुम्बापो रहेका छन् ।

समितिले संस्था दर्तादेखि आगामी भेला अधिवेशन गर्ने ठाउँ समय तोक्नेछ । कार्यक्रममा फाल्गुनन्द गाउँपालिका २ का वडाअध्यक्ष ठाकुरसिङ नेम्बाङको अध्यक्षतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा ताप्लेजुङ, पाँचथर, इलाम, झापा, तेह्रथुम र सिक्किमबाट सहभागिता थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार