रोङ : ‘नकुँदिएको हिरा इलामलाइ कुँद्न कुषल शिल्पिको खाँचो छ’ भन्ने तथ्यलाई पुष्टि गर्दैछ धेरै संभावना बोकेर पनि गाजले डाँडाले ओझेलमा परेको छ ।
इलामको सुदुरपूर्वमा रहेको सिद्धि र मेची खोलाको सामून्नेमा रोङ गाउँपालिका वडा नं ६ जिर्मलेमा २ हजार २ सय मिटरको उचाइमा रहेको गाजले डाँडाबाट सुर्योदय र मनोरम हिम श्रृङ्खलाहरुको साथै नेपाल भारत, भुटानको बिभिन्न स्थानहरुको सजिलै अवलोकन गर्न सकिन्छ । साथै नजिकै रहेको झापाको कृष्ण थुम्की र नमस्ते गरिएको झै देखिने सिद्धि मेचीको संगमस्थल अति मनमोहक रुपमा रहेको छ ।
डाँडाको पूर्व उत्तरमा विशाल गाजलेभीर, पश्चिम दक्षिणमा अनाकनटर तारेभीर रहेपनि बीचमा रहेको डाँडोको फेदीमा निमार्णधीन झण्डी खेलमैदान रहेको र सामुन्नेमा रहेको गिद्धेभीरले समेत यो डाँडो आफंैमा प्राकृतिक संरचनाले अनौठो रहेको छ ।
किंवदन्ती अनुसार जंगबहादुरले शक्ति प्रर्दशन गर्दै झण्डा गाडेको कारण झण्डी डाँडा नामाकरण गरिएको मानिने झण्डी डाँडाकै बिचबाट हर्कटे धजे सलकपुर काँकडभिट्टा सडक रहेको कारण सडक संजालमा समेत राम्ररी जोडिएको छ । हरेक कर्षको कार्तिकदेखी सुर्योदयको दृश्यावलोकन गर्न मानिसहरु जाने गरेको भएपछि आफुहरु जनश्रमबाट बाटो र सिँढी मर्मत गरि केहि आकर्षक बनाउने प्रयास गरिएको रोङ ६ का स्थानिय युवा बिनोद राइले बताए ।
अझ यहाँको प्रचारप्रसार गरि पर्यटकहरुलाई आर्कषण गर्न झण्डी खेलमैदानमा हरेक शनिबार एक दिने फुटबल प्रतियोगीता गर्ने गरेको र इलाम र झापाको पन्ध्र टिमसम्मको सहभागिता हुने गरेको स्थानिय जीवन राइले बताए ।
नजिकैको सलकपुमा पर्यटन समिति बनाएर नै काम थालिएको भएपनि ओझेलमा परेको झण्डीको विकासमा वडा नं ६ र रोङ गाउपालिकाले केही नगरेको गुनासो आइरहँदा अहिले सडक संजालको विकास भइसकेको र मेचीखोला, गुर्धुमडाँडा गाजले, हल्लने ढुङ्गा हासपोखरी सम्मको पदमार्ग निमार्णको काम थालनी गरिसकिएकोले यसको लागि दाताहरुको खोजीका साथै प्रदेश र केन्द्र सरकारसमक्ष पहल गरिने वडा नं ६ का वडाध्यक्ष मनिकुमार् तामाङ्गले बताए ।
यता काँकडभिट्टा, सलकपुर, श्रीअन्तु सन्दकपुर पदमार्गको अवधारण अगि बडीरहेको बेलामा त्यस्तै अर्को करिडोर काकडभिट्टा कुष्ण थुम्की, सलकपुर, गाजले हल्लनेढुङ्गा, हाँसपोखरी पाथीभरा समेत निमार्ण गर्ने पहलमा कार्ययोजना बनाउन लागेको रोङ गाउपालिकाको अध्यक्ष समसेर राइले बताए ।
स्थानीयबासीहरु भने पर्यटकको सुविधाको लागि दृश्यावलोकनको लागि टावर, झण्डी खेलमैदानको स्तरउन्नती, सिँढी चौतारो र पार्कमात्र बनेपनि पर्यटकहरुले सहज अनुभुति गर्ने संभावना देखीएको बताउने गरेका छन् ।