किरात धर्मगुरु लिङदेनको ६५ औं जन्मोत्सवको तयारी पूरा

  नयाँ बुलन्द
0 Shares

इलाम : किरात धर्मगुरु आत्मानन्द लिङदेन ‘सेइङ’ को ६५ औं जन्मोत्सवको तयारी पूरा भएको छ । किरात चोत्लुङ मुहिङगुम आङसी माङगेन्ना सेवा समितिको आयोजनामा हुने जन्मोत्सवको तयारी पूरा भएको प्रचारप्रसार उपसमिति संयोजक सुमन लावतीले जानकारी दिए ।

जन्मोतसवको अवसरमा विभिन्न कार्यक्रमको तय गरिएको छ । मंसीर १८ गते आत्मानन्द लिङदेन ‘सेइङ’ को ६५ औं शुभजन्मोत्सव समारोह–२०७५ उद्घाटन, मंसीर १७ सम्म संचालित खेलकुद प्रतियोगिताका विजयी खेलाडीलाई पुरस्कार वितरण, सावायेहाङ नोमाङगेन्ना सेवा र विविध साँस्कृतिक कार्यक्रमको तय गरिएको छ ।

त्यस्तै मंसीर १९ गते आत्मानन्द लिङदेन ‘सेइङ’ बाट आर्शीवचन, सहित्यिक तथा साँस्कृतिक कार्यक्रम, मुहिङगुम अङसीमाङ तथा मुहिङगुम अङसीमामाङमा मिक्तोक ९उपहार० अर्पण र संस्थागत धन्यवाद–पत्र वितरण, पुस्तक÷पुस्तिका विमोचन कार्यक्रम तय गरिएको पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तीमा उल्लेख छ । यसैगरी मंसीर २० गते माङगेन्ना चामल वितरणसँगै विदाई गरिने कार्यक्रम रहेको उपसमिति संयोजक लावतीले जानकारी दिए ।

माङसेबुङ गाउँपालिका–२ ९साबिक इभाङ–५० चुक्चिनाम्बा अगौटेबारीमा २०११ मंसिर १८ गते जन्मिएका आत्मानन्द लिङदेनले राष्ट्रिय विभूति फाल्गुनन्द लिङदेनको अधुरो कार्यलाई पूर्णता दिने भन्दै धार्मिक, साँस्कृतिक तथा सामाजिक रुपान्तरणमा अभियान चलाइरहेका छन । उनलाई सत्य, शान्ति र अहिंसाका उपासकका रुपमा किरात धर्मावलम्बीहरुले मान्ने गरेका छन ।

धुम्रपान मध्यमान निषेधित क्षेत्र

माङसेबुङ क्षेत्र धुम्रपान मध्यपान निषेधित क्षेत्र हो । माङसेबुङ गाउँपालिकाको वडा नम्बर ५ मा पर्ने माङसेबुङ रिङरोड क्षेत्रमा यसअघि जिल्ला प्रशासन कार्यालय इलामको रोहवरमास्थानीय राजीतिक दल र सरोकारवालाहरुको सहमति र उपस्थितिमा माङसेबुङ क्षेत्रलाई जाँडरक्सी, मासुमंस, धूम्रपान, जुवातास, लागुऔषध, हुलहुज्जत तथा अश्लिल कार्य निषेधित क्षेत्र घोषणा छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार