इलाम : मृर्गाैला पीडित केशब सारु मगरलार्इ “केशव सारु मगर जिवन बचाउँ अभियान समिति” ले १ लाख पैत्तिस हजार रकम संकलन गरी सहयाेग गरेकाे छ । उर्लावारी बहुमुखी क्याम्पस स्ववियु सचिव सुनिल धिमालकाे नेतृत्वमा रकम संकलन गरी शुक्रबार निवासमै एक कार्यक्रम विरामीकाे अामा कृष्णमाया सारु मगरलार्इ रकम हस्तान्तरण गरेकाे छ ।
फाकफोकथुम गाउँपालिका वडा नं ५ यथवा निवासी वर्ष २९ को श्री केशव सारु मगरको दुवै मृगौला फेल भइ हाल राष्ट्रिय मृगौला उपचार केन्द्र बनस्थली काठमाडौंमा डायलसिस भइरहेको छ । विरामीकाे दुबै मृगौलाले काम नगरेको र मृगौला प्रत्यरोपन गर्नुपर्ने भएकोे हुँदा घरको आर्थिक स्थिति कम्जोर भएकोले सम्पुर्ण आफन्तजन, दाजुभाइ, दिदिबहिनी, साथीहरुमा रकम संकलन गरी सहयोग गरी केशवको जिवन बचाउनकाे लागि अभियान संचालन गरिएकाे अभियान दलका सदस्य राजकुमार रार्इ जानकारी दिए ।
साथै सम्पुर्ण आफन्तजन, दाजुभाइ, दिदिबहिनी, साथीहरुमा केशवको जिवन बचाई दिनुहुनका समितिले अाह्वान तथा अनुराेध गरेकाे छ । सहयाेगकाे लागि एन एम बि बैँकमा खाता खाेलिएकाे छ ।
सहयाेगकाे लागि बैककाे खाता नं: ०१३२४९००७४९३९६०००००१ तथा केशव उपचार आर्थिक सकलन समिति सयोजक अरुण दर्लामी मगर, सहसंयोजक राज गुरुङ (९८४२६९४७८६), सचिव राज राई (९८५२६८५०११) र परिवार सदस्य (९८५२६८३८३९) सम्पर्क गर्न सकिनेछ ।