रोङमा जनप्रतिनीधि र कर्मचारीका लागि अभिमुखीकरण

  गोबिन्द पौडेल
0 Shares

रोङ : चालु वर्षको निति कार्यक्रम र बजेटको प्रभावकारी कार्यन्वयन गराउनको लागि रोङ गाउपालिकाले सबै कर्मचारीहरु र जनप्रतिनिहरुको लागि दुई दिने अभिमुखीकरण गरेको छ ।

गाउापालिकाले छनौट गरेर रकम बिनियोजन गइसकेको कार्यक्रम र योजनाहरु संचालन गराउँदा जनप्रतिनिधिहरु र कर्मचारीहरुले कार्यक्रमलाइ प्रभावकारी चुस्त दुरुस्त र पारदशिता गराउन खेल्नुपर्ने भूमिका र योजना संचालनख फरफारकसम्मको प्रक्रियाको बारेमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिकप्रसाद दहालले सहजीकरण गरेका थिए ।

गाउँपालिका भित्र रहने न्यायिक समितिले गर्ने काम कर्तब्य र अधिकार क्षेत्रका बारेमा न्यायिक समितिका संयोजक तथा गाउँपालिकाको उपाध्यक्ष चन्द्रकला राइले सहजीकरण गरेकी थिइन् ।

गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष सहित अधिकास जनप्रतिनिधिहरु, प्रमुख पशासकीय अधिकृत सहित सबै बडाका सबै कर्मचारीहरु संचारकमीहरुलाइ समेत सहभागि गराएर रोङ ६ को सलकपुरको मोतिराम माध्यमिक विद्यालयमा कार्यक्रम गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार