इलाम : बुलन्द मल्टिटेक्निकल मिडिया प्रालि इलामले स्थापना गरेको ‘नयाँ बुलन्द अनलाइन पत्रकारिता पुरस्कार’ इलामका पत्रकार प्रकाश नेपालले पाउने भएका छन् ।
बुलन्द मल्टिटेक्निकल मिडिया प्रालिको बैठकको निर्णयले २०८१ सालको ‘नयाँ बुलन्द अनलाइन पत्रकारिता पुरस्कार’ नेपाललाई दिने निर्णय गरेको हो ।
एक दशकदेखि पत्रकारितामा क्रियाशील नेपाल नेपाल इमेज टेलिभिजन, हिमशिखर टेलिभजन, हिमालय टाइम्स दैनिक र नयाँ बुलन्दमा कार्यरत छन् ।
पुरस्कारको राशी नगद १० हजार रहेको छ । सोमबार माङसेबुङ गाउँपालिकामा नयाँ बुलन्द डटकमको आठौं वार्षिक उत्सवको अवसमार पुरस्कार वितरण गर्ने निर्णय भएको सम्पादक राम योङहाङले जानकारी दिए ।
बुलन्द मल्टिटेक्निकल मिडिया प्रालिले प्रत्येक वर्ष नयाँ बुलन्द डटकको वार्षिक उत्सवको अवसरमा एक जना इलामका पत्रकारलाई पुरस्कृत गर्ने गरी पुरस्कार स्थापना गरेको हो ।
नयाँ बुलन्दले आफ्नो आठौं वार्षिक उत्सव कार्यक्रम सोमबार विभिन्न कार्यक्रम गरी मनाउँदै छ । वार्षिक उत्सवको अवसरमा नयाँ बुलन्दले प्रकाशन गरेको सन्देशमूलक वार्षिक भित्तेपात्रो (क्यालेण्डर) २०८१ सार्वजनिक, पुरस्कार वितरण र अन्तर्क्रिया कार्यक्रम गर्नेछ ।
त्यस्तै संघीयता प्रवर्द्धनमा पत्रकारिता र स्थानीय तहको सहकार्य विषयक अन्तर्क्रिया हुनेछ । कार्यक्रममा छलफलपत्र प्रस्तुत हुनेछ । अन्तर्क्रियामा माङसेबुङ गाउँपालिकाका जनप्रतिनिधि, कर्माचारी र जिल्लाका विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरु सहभागी हुनेछन् ।